सरकारको नीति तथा कार्यक्रमले देशलाई निकास दिन सक्दैन: साह
शुक्रबार, १९ वैशाख २०८२, १६ : ५३
काठमाडौँ । आजपाका अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै भएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रम पेस भएपछि शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै साहले उत्साह जगाउने कुनै कार्यक्रम आउन नसकेको प्रतिक्रिया दिएका हुन् ।
‘आज प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी एवं निराशाजनक छ’, उनले भने, ‘यो गत सालको कपी पेस्टमात्र हो ।’ यस्तो नीति तथा कार्यक्रमले देशलाई निकास दिन नसक्ने उनको भनाइ छ ।
उनले भने, ‘यो क्यान्सरको रोगीलाई टीबीको औषधी भनेजस्तै हो । कुनै अर्थ छैन ।’
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमार्फत सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण