१० हजार सहकारी पीडितका रकम फिर्ता गरिसकेका छौँ : मन्त्री अधिकारी
काठमाडौँ । सहकारी तथा गरिबी निवारणमन्त्री बलाराम अधिकारीले दश हजार सहकारी पीडितका रकम फिर्ता गरिएको दाबी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुक्रबार संघीय संसदको संयुक्त बैठक प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै अधिकारीले दाबी गरेका हुन् ।
‘२३ वटा सहकारी समस्याग्रस्त घोषणा भएको छ । तीनवटा सहकारीको समस्या समाधान भइसकेको छ । दुईवटा सहकारीको छिट्टै समाधान गर्दै छौँ’, उनले भने, ‘अहिलेसम्म १० हजार पीडितका रकम फिर्ता गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रममा केही कुरा समेटिएको छ । यसबारे विस्तृत जानकारी अर्कोदिन पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौँ’, उनले भने ।
सहकारी समस्या वर्षैँदेखिको समस्या भएकाले सरकारले तत्काल चाहेर पनि समाधान नहुने उनले स्पष्ट पारे । यस्तै सहकारीलाई समस्याग्रस्त पार्न क–कसको भूमिका थियो भन्नेबारे सबैलाई जानकारी रहेको अधिकारीले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण