गोवामा जात्राको क्रममा भागदौड, ७ जनाको मृत्यु, घाइते २० को अवस्था गम्भीर
गोवा । गोवाको शिरगाउँमा श्री लैराई जात्राको क्रममा शुक्रबार साँझ भएको भागदौडमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० भन्दा बढी घाइते भएका छन्, जसमध्ये २० जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रशासनद्वारा उद्धार कार्य भइरहेको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् । घटनाको जानकारी पाउने बित्तिकै मुख्यमन्त्री डा. प्रमोद सावन्त उत्तरी गोवा जिल्ला अस्पताल र बिचोलिम अस्पताल गएर घाइतेहरूलाई भेटेका छन् । साथै, आवश्यक सबै चिकित्सा सुविधाहरू उपलब्ध गराउन अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
प्रारम्भिक जानकारी अनुसार, शुक्रबार जात्रामा भाग लिन ठुलो संख्यामा भक्तजनहरू भेला भएका थिए। यसबिच भागदौडको अवस्था सिर्जना भएको थियो।
श्री लेराई जात्रा एक प्रमुख हिन्दु धार्मिक चाड हो जुन गोवामा बिचोलिम तालुकाको शिरगाउँ गाउँमा आयोजना गरिन्छ । यो देवी लेराईलाई समर्पित छ।
यो पर्व हरेक वर्ष अप्रिल वा मे महिनामा मनाइन्छ। यसपटक जात्रा मे २ को साँझदेखि मे ३ को बिहानसम्म आयोजना गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण