शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘कानुनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय अघि बढ्न सक्दैन’

शनिबार, २० वैशाख २०८२, १५ : ४६
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले भ्रष्टाचारमुक्त देश र कानुनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय अघि बढ्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको विधायिकी अन्तरसंवाद र कानुनको मापन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले अहिले तीन तहको सरकार रहेको र तीन तहकै सरकारले आफ्नो दायित्वअनुसार अघि बढिरहेको बताएका हुन् । 

उनले संघले, प्रदेशले र स्थानीय तहले जनताले चाहेको अनुकूल शासन पद्धति चलेको छ की छैन ? कानुन लागू भएको छ की छैन ? आवश्यकताअनुसार कानुन संशोधन भएको छ की छैन भन्ने कुराको चाहना राख्नु आम जनताको सरोकारको विषय भएको बताए । मन्त्री चौरसियाले भने, ‘कानुन जनताको लागि बनाउने गर्दछौँ हामी । त्यो कानुनले सरकार पनि अनुशासनमा हुन्छ । प्रत्येक व्यक्तिले आफ्नो मौलिक हकको पालना गदा गर्दै पनि कानुनी अनुशासनमा बस्नुपर्ने दायित्व हामी सबैको हुन्छ । कानुनले देशभित्र स्थिरता र अनुशासन कायम गर्ने गर्दछ । हामी कानुनको प्रयोग गर्दा अराजक भयौँ की, अराजकता बढ्यो की ? जुन संसदीय प्रणालीमा हामी छौँ, त्यही संसदीय प्रणालीमाथि आक्रमण गर्ने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर गर्ने, भूमिका हामी कसैले पनि निर्वाह गर्नु हुँदैन । देशमा व्याप्त भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्न सकिन्छ, यो सबैको दायित्व हो ।’

मन्त्री चौरसियाले कानुन मन्त्रालयले संघीयता जारी भइसकेपछि २ सय १४ वटा ऐन बनाइसकेको दाबी गरे । आवश्यकताअनुसार थप कानुन बनाउने व्यवस्थामा आफूहरू लागेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप