किट कलेजमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : सत्य तथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाले भारतको उडिसा राज्यस्थित कालिङ इन्स्टिच्यूट अफ इन्डस्टरियल टेक्नेलोजी (किट) मा अध्ययनरत छात्रा प्रिन्सा साहको मृत्युबारे निष्पक्ष सत्य तथ्य छानबिन निजलाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रियसभाको अध्यक्ष नारायणप्रसाद दाहालले सरकारलाई साहको छात्रबासको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै यसबारे सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘भारतको उडिसा राज्यस्थित कालिङ इन्स्टिच्यूट अफ इन्डस्टरियल टेक्नेलोजीमा अध्ययनरत छात्रा प्रिन्सा साहको छात्रबासको कोठामा झुण्डिएको अवस्थामा मृत्यु भएको विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको छ । एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अत्यन्तै दुःखद पक्ष हो,’ अध्यक्ष दाहालले भने, ‘नेपाल र भारत दुवै देशले कुटनीतिक माध्यममार्फत यस्ता घटना दोहोरिरहनु पर्ने कारणको गहिराइमा गएर खोजी गर्न आगामी दिनमा यस्ता घटना नघट्ने वातावरण बनाउन साथै यस घटनाको विषयमा निष्पक्ष रूपमा सत्य तथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’
सो कलेजमा अध्ययनरत नेपाली छात्रछात्राले सुरक्षित र निर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई राष्ट्रियसभाले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण