३.४४ अङ्कले घट्यो नेप्से परिसूचक, कारोबार रकम ९ अर्ब २४ करोड

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३.४४ अङ्क घटेर २६२०.३९ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५१ अङ्कले र फ्लोट इन्डेक्स ०.०७ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.०६ अङ्कले बढेको छ ।
आइतबार कारोबारमा आएका ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रूपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकम पनि घटेको छ । बुधवार ९ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको थियो ।
आइतबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, विकास बैङ्क, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले घटेपनि ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
तर यता कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर कम्पनीको ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग, नभए सरकार छाड्ने नाउपाको चेतावनी
-
नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु
-
चार वटा व्यापारिक फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिवाना
-
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग
-
चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता
-
दलहरू आफैँ नसच्चिए प्रतिगमनको खतरा छ : लक्ष्मण पन्त