फिल्म ‘महाभोज’ को ‘लालुमै’ गीत सार्वजनिक
काठमाडौँ । ‘महाभोज’ आगामी जेठ १५ गतेबाट रिलिजमा आउन लागेको फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले नयाँ गीत ‘लालुमै’ सार्वजनिक गरेको छ ।
काठमाडौँमा एक कार्यक्रमका बिच सार्वजनिक गीतमा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वर छ ।
हर्क साउदको शब्द, कोसिस र केतको सङ्गीत रहेको रोमान्टिक गीतमा पुष्कर खत्रीको एरेन्ज रहेको छ । गीतमा निश्चल बस्नेत, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मल्लिका महत लगायत देखिएका छन् । गीतको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् । फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक राउतले ‘महाभोज’ले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए ।‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारको अभिनय देख्न पाइनेछ । फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण