माओवादीको निष्कर्ष– हुलाकी मार्ग अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले भर्खर सम्पन्न पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान सोचेको भन्दा बढी उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अभियान उपलब्धिपूर्ण भएको निष्कर्ष निकालेको हो ।
बैठकले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान’ को समीक्षा गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यस अभियानले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएकोले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्र कै अभियान बन्न पुगेको छ ।
बैठकमा माओवादीप्रति देखिएको जनविश्वास, अभियानको तयारी, कार्ययोजना र सङ्गठनात्मक पक्षबारे विस्तृत छलफल भएको उनले बताए । ‘तराई मधेस जागरण अभियानले सबैलाई रूपान्तरणका लागि वातावरण तयार पारेको छ । राष्ट्रिय एकता सुदृढ गर्नका लागि धेरै महत्त्वपूर्ण भूमिका खेलेको छ’, रातोपाटीसँग सापकोटाले भने– ‘अध्ययन, अनुसन्धान, खोज, अन्वेषणका लागि एउटा आधार तय भएको छ । नेपाली समाजको आजको अध्ययन सुव्यवस्थित भएको हामीलाई लागेको छ । नयाँ संस्कार, संस्कृति र सदभावको प्रादुर्भाव भएको छ । नेपाली समाजवादको मार्गचित्र देखा परेको छ । आफैँभित्र शक्तिशाली रूपान्तरणको भाव पैदा भएको छ । समाजवादी विचारधाराको प्रस्थानबिन्दू बनेको छ ।’
यसैगरी नेता र कार्यकर्तामा स्वस्थ चेतना पैदा हुँदै गएको र पार्टी र नेतृत्वप्रति सकारात्मक प्रभाव जरासम्म पैदा भएको सापकोटाले बताए । उनले सहिद परिवार, वेपत्ता परिवार, घाइते परिवारसँग अन्तरसम्वाद र ऊर्जा पैदा गरेको जिकिर गरे ।
हुलाकी मार्ग निर्माण, विकासबारे सबैमाझ स्पष्ट भएको, अन्तर्क्रिया, अन्तरसम्वाद, गोष्ठी उपलब्धिमूलक भएको, माओवादीलाई विचारको रूपमा मात्र नभए समग्र संरक्षकको रूपमा सबैले बुझेको बैठकले प्रस्ट पारेको उनको भनाइ छ । यसैगरी पार्टीभित्र कमरेडली भाव पुनर्जागरण भएको र आकर्षणलाई सङ्गठनमा रूपान्तरण गर्न सङ्कल्प गरेको पनि सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण