शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल टेलिभिजनमा ‘मेरो डान्स युनिभर्स’ कार्यक्रम, होस्टमा तेरिया मगर

आइतबार, २१ वैशाख २०८२, १८ : १३
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर– सिजन ३’ र सन् २०१७ मा’ झलक दिखला जा सिजन ९’ जितेकी तेरिया फौजा मगर नेपाल टेलिभिजबाट प्रसारण हुने “मेरो डान्स युनिभर्स सिजन २“नृत्य रियालिटी शोमा होस्टको रुपमा देखापर्ने भएकी छन् । 

इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित विश्वस्तरीय यो शो आइतबारदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ । विश्वभरका २३ देशबाट नेपाली मुलका प्रतिभा सहभागी उक्त शो प्रत्येक आइतबार र सोमबार राति ८ः५० बजे प्रसारण हुने छ ।

साथै सोही समयमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको युट्युब च्यानलमा पनि हेर्न सकिने फाउन्डेसनको कार्यकारी निर्देशक चुडामणी भट्टराईले जनाएका छन् । 

विश्वका नेपाली जातिका १ सय २० प्रतिभाले सहभागिता जनाएको यों शो को विजेताले एक करोड पुरस्कार पाउने छन् । सोको होस्ट तेरिया प्रसिद्ध नेपाली नृत्याङ्गना हुन् जसले भारतीय नृत्यरियालिटी शोहरूमा महत्वपूर्ण सफलता हासिल गरेकी छन् । 

‘डान्स इन्डिया डान्स’ र ‘झलक दिखला जा’ को बाहेक, तेरिया भारतीयटेलिभिजन उद्योगमा पनि एक प्रमुख व्यक्तित्वको रूपमा देखा परेकी छन् । ती दुई शोहरूमा सफलता प्राप्त गरेपछि उनले विभिन्न नृत्य रियालिटी शोहरूतथा टक शोहरूमा अतिथि उपस्थितिको रूपमा भाग लिँदै आफ्नो नृत्य कौशल र मनमोहक व्यक्तित्व प्रस्तुत गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप