तराई–मधेसका नेताहरूमाथि राज्यले अन्याय गरिरहेको छ : महन्थ ठाकुर
सोमबार, २२ वैशाख २०८२, १२ : १६
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसका नेताहरूमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु–मधेसी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले आफूहरूमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाउँ नरहेको बताए । ठाकुरले आफूहरूमाथि सार्वजनिक रूपमा भएको दुर्व्यवहारका घटना अव संसद्मार्फत नागरिकलाई सुनाउने जिकिर गरे ।
उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घण्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको धारणा राखे । ठाकुरले राज्यले विजेताको रूपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण