आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
सुर्खेत । यतिवेला कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आउनेहरू गुलमोहरको सामिप्यता गाँस्न पुगेकै हुन्छन् । ढकमक्क फुलेका गुलमोहर फुलसँग तस्बिर, भिडिओ खिच्ने तथा टिकटक बनाउनेहरूको भीड नै लाग्ने गरेको छ ।
गुलमोहरले वीरेन्द्रनगरको सौन्दर्यतामा थप शोभा बढाएको बताउँछन्, गुलमोहरसँग तस्बिर खिच्न आएका दैलेखका कमल शाही । ‘सुर्खेत उपत्यकालाई गुलमोहरले गुलजार बनाइदिएको छ,’ उनी भन्छन् ।
धेरैजसोको फेसबुक तथा टिकटकमा गुलमोहरसँगका तस्बिर, भिडिओहरू देख्न सकिन्छ । गुलमोहर हरेक वर्ष वसन्त ऋतुमा फुल्ने गर्छ । वीरेन्द्रनगरका कुहिनेपानी, घण्टाघर आसपास, चिसापानी, विद्युत् कार्यालय वरपर गुलमोहरका रुखहरू छन् ।
अघिल्लो वर्ष कर्णाली उत्सवमा भाग लिन आइपुगेका वीरेन्द्रनगरका योजनाकार माधवभक्त माथेमाले गुलमोहरका बिरुवा निकै सङ्घर्षले हुकाईएको बताएका थिए । उनका अनुसार गुलमोहरका बिरुवा ३० को दशकमा भारतको लखनउबाट ल्याइएको हो ।
त्यसअघि वीरेन्द्रनगरलाई चौहनचौर नामले चिनिन्थ्यो । तत्कालीन राजा वीरेन्द्रको सुर्खेत भ्रमण पश्चात् ०२९ सालमामा यसको नाम वीरेन्द्रनगर राखियो । तत्कालीन राजा वीरेन्द्रनगरकै सोचमा रहेर माधवभक्ता माथेमाले बनाएको वीरेन्द्रनगरको गुरुयोजना अन्तर्गत अहिले फुलेका गुलमोहर भारतबाट ल्याइएका थिए । माथेका अनुसार ती फुलहरू त्यो वेला १०० रुपैयाँमा ल्याइएका हुन् । उद्देश्य थियो-गुरुयोजना अनुसार वीरेन्द्रनगरको सहरी सौन्दर्यता बढाउने ।
त्यो वेला बनेको गुरुयोजना अनुसार बनेका सडक छेव वरपर हरियाली बनाउनुका साथै सहरको शोभा बढाउनका लागि गुलमोहरको बिरुवा रापिएको माथेमाको भनाइ थियो । त्यो वेला रोपिएका फुलहरूले यतिवेला वीरेन्द्रगरको सौन्दर्यता बढाइरहेका छन् ।
यस फुललाई फ्रान्समा ‘स्वर्गको फुल’ भनेर भन्ने गरिन्छ । वीरेन्द्रनगर नगरपालिकाले घण्टाघरलाई अहिले निकै व्यवस्थित गरेको छ । घण्टाघर बाहिर खुल्ला पार्क बनाएको छ भने नजिकै गुलमोहरका रुख छन् । आन्तरिक पर्यटकहरू पार्कमा रम्दै गुलमोहरको फुलको अवलोकन गर्ने गरेका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण