आईसीसीको वार्षिक वरीयतामा अस्ट्रेलिया र भारतको दबदबा
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन वटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटको वार्षिक वरीयता सार्वजनिक गरेको छ । वरीयतामा अस्ट्रेलिया र भारतको दबदबा देखिन्छ ।
पुरुष टेस्ट वरीयतामा अस्ट्रेलिया पहिलो स्थानमा आसीन छ । एक दिवसीय र टी–२० वरीयतामा भने भारत पहिलो स्थानमा छ । टेस्ट वरीयताको पहिलो स्थानमा आसीन अस्ट्रेलियाले आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो ।
टेस्ट वरीयतामा इङ्गल्यान्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छन् । अघिल्लो वरीयताको तुलनामा दक्षिण अफ्रिका एक स्थान तल झरेको हो । भारत टेस्ट वरीयताको चौथो स्थानमा छ । भारत पनि अघिल्लो वरीयताको तुलनामा एक स्थान तल झरेको हो ।
टेस्ट वरीयतामा न्युजिल्यान्ड पाँचौँ, श्रीलङ्का छैटौँ, पाकिस्तान सातौँ, वेस्ट इन्डिज आठौँ, बङ्गलादेश नवौँ, आयरल्यान्ड १०औँ स्थानमा आसीन छन् । टेस्ट वरीयतामा अफगानिस्तान ११औँ र जिम्बाबे १२औँ स्थानमा छन् ।
यसैगरी, पुरुष एक दिवसीय वरीयतामा न्युजिल्यान्ड दोस्रो, अस्ट्रेलिया तेस्रो, श्रीलङ्का चौथो र पाकिस्तान पाँचौँ स्थानमा आसीन छन् । दक्षिण अफ्रिका, अफगानिस्तान, इङ्गल्यान्ड, वेस्ट इन्डिज र बङ्गलादेश क्रमशः छैटौँ देखि १०औँ स्थानमा छन् । एक दिवसीय वरीयतामा नेपाल भने १८औँ स्थानमा यथावत छ ।
यसैगरी, टी–२० वरीयतामा अस्ट्रेलिया दोस्रो, इङ्गल्यान्ड तेस्रो, न्युजिल्यान्ड चौथो र वेस्ट इन्डिज पाँचौँ स्थानमा आसीन छन् । दक्षिण अफ्रिका, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश र अफगानिस्तान क्रमशः छैटौँदेखि १०औँ स्थानमा छन् । नेपाल भने १८औँ स्थानमा यथावत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण