महेश श्रेष्ठ निर्वाचित भएपछि परराष्ट्रले लियो एनआरएनएको एकता महाधिवेशन सार्ने निवेदन फिर्ता

काठमाडौँ । डा शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न भएसँगै परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा यसअघि पेस गरेको निवेदन फिर्ता लिएको छ ।
एकता महाधिवेशन सम्पन्न भइसकेको भन्दै मन्त्रालयले मंगलबार यसअघि आफैले सर्वोच्च अदालतमा पेस गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको समयावधि ६ महिना थप गर्नेसम्बन्धी निवेदन फिर्ता लिएको हो ।
सचिव अमृत बहादुर राईद्वारा हस्ताक्षरित निवेदनमा अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले गैरआवासीय नेपाली संघको महाधिवेशन र निर्वाचन सम्पन्न गरि नयाँ कार्य समिति चयन गरिसकेको वैशाख २२ गते मन्त्रालयमा प्राप्त भएको उल्लेख छ। सोही कारणले अदालतमा गत वैशाख ५ गते पेस गरिएको समयावधि थप गर्नेसम्बन्धी निवेदनको औचित्य समाप्त भइसकेको भन्दै मन्त्रालयले उक्त निवेदन फिर्ता गर्न अनुरोध गरेको पत्रमा उल्लेख छ ।
सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ८३ बमोजिम निवेदन फिर्ता लिने प्रक्रिया अगाडि बढाइएको पनि पत्रमा उल्लेख छ ।
यसअघि एनआरएनएको विवादमा राजेश शम्शेर राणाले परराष्ट्र मन्त्रालय विरुद्ध रिट दायर गरेका थिए । जसअनुसार उच्च स्तरीय समिति गठन गरी ६ महिनाभित्र महाधिवेशन गर्न अदालतले परमादेश दिएको थियो। सोहीअनुसार वैशाख २० देखि २२ सम्म भएको एकता महाधिवेशनले महेश श्रेष्ठ अध्यक्ष चयन भएका थिए । परराष्ट्रमन्त्री आरजु राणाकै चाहनाअनुसार श्रेष्ठ अध्यक्ष चयन भएसँगै मन्त्रालयले पनि यसअघिको निवेदन फिर्ता लिएको हो । मन्त्रालयको यो पत्रपछि बद्री केसी समूहलाई सकस पर्ने कतिपय अभियन्ताहरुको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु
-
यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
चार वायुको सक्रियता कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
नेपालस्थित पाकिस्तानी दूतावासमा ‘यौम ए–तशकुर’ मनाइयो