प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुँदै
काठमाडौँ । ऐतिहासिक प्रथम राष्ट्रिय दलित ज्ञान तथा साहित्य महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव असार ५ देखि ७ गतेसम्म “दलित समुदायको रैथाने सीप/कला, ज्ञान, साहित्य र संस्कृतिको जगेर्ना गरौँ, हाम्रा यी अमूल्य राष्ट्रिय गौरवलाई नयाँ पुस्तामा हस्तान्तरण गरौँ” भन्ने नाराका साथ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुन गइरहेको हो ।
महोत्सव दलित अधिकारकर्मीहरूद्वारा नेतृत्व गरिएका राष्ट्रिय स्तरका दलित संघसंस्थाहरु दलित अधिकार तथा विकास केन्द्र नेपाल काठमाडौँ, नेपाल बौद्धिक मञ्च ललितपुर, समावेशी फाउन्डेसन काठमाडौँ, नेपाल उत्पीडित विकास केन्द्र महोत्तरी र नागरिक जागरण केन्द्र नेपाल काठमाडौँको पहलमा आयोजना गर्न लागिएको छ । यस दलित समुदायको गौरव, प्रतिष्ठा र पहिचानसँग गहिरो गरी जोडिएको ऐतिहासिक महत्वको विषयलाई उच्च प्राथमिकतामा राखेर दलित समुदायको सर्वोच्च धरोहरको रूपमा रहेको सरकारी निकाय राष्ट्रिय दलित आयोगले संस्थागत सहकार्य गर्ने भएको छ ।
उक्त महोत्सवमा दलित समुदायको जातीय पहिचान झल्कने विभिन्न स्टलहरू राखिने र फोटो प्रदर्शनी गरिने महोत्सव सचिवालय सदस्य लेखक तथा दलित अध्येता सरोज दिलु विश्वकर्माले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण