सरकारले ल्याएकाे नीति तथा कार्यक्रमलाई स्वर्णिम वाग्लेले गरे उँट र टापुसँग तुलना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई उँटसँग तुलना गरेका छन् ।
सरकारले अरु देशको नक्कल गर्दागर्दा नीति तथा कार्यक्रम उँटजस्तो बनेको उनले बताए । नीति तथा कार्यक्रम सुरुवात गर्ने बेलायतले पछिल्लो नीति तथा कार्यक्रम १२ मिनेटमा सकेको उदाहरण प्रस्तुत गर्दै उनले त्यसकै नक्कल गर्ने नेपालले भने अत्यन्तै लामो दस्ताबजे ल्याएको उल्लेख गरे ।
उनले यो दस्ताबेजको कुनै उपादेयता नभएको भन्दै परम्परा धान्नको लागि मात्रै कार्यक्रम आएको बताए । उनले नीति तथा कार्यक्रमको सिक्वेन्स र सिरिज नमिलेको उल्लेख गरे । यसमा मुख्यतया तीनवटा कमजोरी रहेको उनको भनाइ छ ।
पहिलो, मन्त्रालयहरुबीच कार्यक्रम बाझिएको, दोस्रो साधन स्रोत छरपस्ट रहेको र योजना छनोट गर्ने निकाय र बजेट बनाउनेबीच तादम्यता नमिलेको उनको भनाइ छ । उनले कृतिम बौद्धिकता जस्तो विषयलाई सञ्चार मन्त्रालयको एउटा बुँदामा सीमित भएको भन्दै यसले काम गर्न नसक्ने उल्लेख गरे ।
पर्यटनको लक्ष्य निर्धारण गर्दा तर भौतिक पूर्वाधारसँग नमिलेको, परराष्ट्र मन्त्रालयको कार्यक्रममा अर्थ मन्त्रालयसँग समन्वय नभएको भन्दै उनले आलोचना गरे । वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको कार्यक्रमको भने प्रशंसा गरेका छन् ।
वाग्लेले देशमा कुशासनका कारण नेपालले ३० वर्षमा ५५ खर्ब जीडीपी गुमाएको बताए । १९९० को दशकको रफ्तारलाई कायम गर्न सकेको भए अहिले १०० खर्ब डलरको अर्थतन्त्र हुने अवस्था रहेकोमा अहिले ४५ खर्ब मात्रै रहेको भन्दै बाँकी ५५ खर्ब कुशासनको लागत रहेको उनको भनाइ छ ।
‘उनले नीति तथा कार्यक्रमले विश्वमा भइरहेको घटनाक्रमलाई अनदेखा गर्ने गरेको भन्दै प्रशान्त सागरको टापुजस्तो बाँकी विश्वसँग अनविज्ञ भएको बताए । अमेरिकामा डोनाल्ड ट्रम्पको निर्णयले ८० वर्षदेखि रुल्स बेस्ड इन्टरनेशनल अर्डर क्षतविक्षत भएको छ । समावेशिताको ग्लोबल स्वरुप ध्वस्त बनाइँदैछ । अहिले बहुराष्ट्रिय विकास निगमहरू ठूलो समस्यामा छन् । यी कुराबाट देशलाई कसरी जोगाउने भन्ने सम्बन्धमा कुनै विषय छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको उद्धार गर्दै आएको ’एनिमल रेस्क्यु सेन्टर’ लाई बेलायतबाट सहयोग
-
हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान
-
गण्डक–घण्टाघर–मितेरी पुल सडक निर्माणमा देखिएका समस्याबारे छलफल
-
बाढीले काठेपुल बगाएपछि आवागमनमा समस्या
-
प्रदीप नेपाल : सुरुङ खनेर नख्खु जेलबाट भागेपछि...
-
कन्सर्ट विवादको लागि सोनु निगमले माफी मागे