पुरानै नीति तथा कार्यक्रमलाई रि–प्याकेजिङ गरियो : सांसद पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पुरानै कार्यक्रमलाई रि–प्याकेजिङ गरेर नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन ।
उनले सरकारले पहिलाका केही कार्यक्रमहरूमा रि–प्याकेजिङ गरेर २०८२/०८३ को नीति तथा कार्यक्रममा स्टिकर टाँसिएको आरोप लगाए । उनले युवा केन्द्रित स्टार्टअप,पढ्दै कमाउँदै,नागरिक एप्स लगायतका कुराहरू विगतका सरकारले घोषणा कार्यक्रमहरू भएको उल्लेख गरे ।
पहिलाका कार्यक्रमलाई निरन्तरता दिएकोमा उनले सरकारलाई धन्यवाद समेत दिए । उनले अहिलेको नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ सङ्कल्प आउनु पर्ने भए पनि त्यस्तो हुन नसकेको बताए ।
उनले भने,‘सरकारले पहिलाका केही कार्यक्रमहरूमा रि–प्याकेजिङ गरेर २०८२/०८३ को नीति तथा कार्यक्रममा स्टिकर टाँसिएको छ । युवा केन्द्रित स्टार्टअप,पढ्दै कमाउँदै,नागरिक एप्स लगायतका कुराहरू विगतका सरकारले घोषणा कार्यक्रमहरू हुन । पहिलाका कार्यक्रमलाई निरन्तरता दिएको छ । त्यो राम्रो विषय हो । अहिलेको नीति तथा कार्यक्रममा राष्ट्र निर्माणको लागि दृढ सङ्कल्प आउनु पर्ने थियो ।’
उनले कार्यक्रममा सहकार्य र सद्भावको सङ्कल्प, सपना देख्न र देखाउन सक्ने इच्छाशक्ति प्रकट र सुखी नेपाली र समृद्ध नेपाल बनाउने मार्गचित्र आउन सक्नु पर्ने भए पनि त्यस्तो नभएको बताए । उनले प्रतिपक्षले विरोध गर्न खट्टा कमाउनु पर्ने नीति तथा कार्यक्रम नआएको बताए ।
उनले राष्ट्रिय गौरवका आयोजनाहरूका विषयमा कार्यक्रममा केही नबोलेको बताए । सांसद पौडेलले रुग्ण आयोजनाहरूका विषयमा नबोलेको बताए । उनले समाजवाद उन्मुख अर्थतन्त्रको मार्गदर्शन कार्यक्रमले नबोकेकाले पुनर्लेखन गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण