पूँजी वृद्धिका लागि २ वर्ष समय थप गर्न स्टक ब्रोकर एसोसिएसनको माग
मङ्गलबार, २३ वैशाख २०८२, १७ : ३६
काठमाडौँ । स्टक ब्रोकर एसोसिएसनले नेपाल धितोपत्र बोर्डसँग स्टक ब्रोकर कम्पनीको पूँजी वृद्धि गर्ने समय दुई वर्ष थप गर्न माग गरेको छ । सोमबार स्टक ब्रोकर एसोसिएसनले सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग भेट गर्दै यस्तो माग गरेको हो ।
एसोसिएसनले बोर्डसँग धितोपत्र बोर्डमा नीतिगत सुधारको पनि माग गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी), नियमावली, २०६४ को प्रस्तावित संशोधनका लागि प्रस्ताव पेस गरिएको बताए ।
उनले ब्रोकरको न्यूनतम चुक्तापूँजी राख्नुपर्ने भएपनि २०८४ असार मसान्तभित्र चुक्ता पूँजी पर्याउने समयसीमा थप गर्न आग्रह गरिएको बताए । उनले २०८२ असार भित्र पूँजी वृद्धि सम्भव नभएको बोर्डलाई जानकारी दिएको बताए ।
बोर्डले २०८२ असार भित्र स्टक ब्रोकर कम्पनीको पूँजी वृद्धि गर्न समय दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण