पूर्वमन्त्री नेपालको निधनप्रति प्रचण्डद्धारा दु:ख व्यक्त
मङ्गलबार, २३ वैशाख २०८२, १८ : ०२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्व मन्त्री समेत रहेका नेपालको निधनप्रति दु:ख व्यक्त गरेका हुन् ।
नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश
-
आईपीएल : चलेन मुम्बईको ब्याटिङ, १ सय ५५ रनमा रोकियो
-
एक महिनामा अन्नपूर्ण क्षेत्रमा भित्रिए साढे ४४ हजार पर्यटक
-
प्रेस काउन्सिलले थाल्यो ‘न्यूज रूम’ मा रचनात्मक पत्रकारिताको अभियान
-
बहुआयामिक प्रदीप नेपाल उर्फ सञ्जय थापा