पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो (तस्बिरहरू)
मङ्गलबार, २३ वैशाख २०८२, १८ : ४७
काठमाडौँ । पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको आजै दाहसंस्कार गरिँदै छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखि दाहसंस्कार गर्न लागिएको हो ।
उनको शव नर्भिकबाट पशुपति लगिएको छ । पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ ।
बामपन्थी नेता, पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको ७१ वर्षको उमेरमा मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।



तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण