न्याय परिषद् नियमावली संशोधनविरुद्धको रिट संवैधानिक इजलासमा
काठमाडौँ । न्याय परिषद् नियमावली २०७४ को संशोधनविरुद्ध परेको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको संवैधानिक इजलासमा परेको छ ।
२०८० असोज १ मा भएको न्याय परिषद् नियमावली २०७४ को संशोधनविरुद्ध स्वतन्त्र कानुन व्यवसायी सङ्घका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेसहित १० जना अधिवक्ताले दायर गरेको रिटमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीशहरू सपना मल्ल प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्माको संवैधानिक इजलासमा पेसी तोकिएको हो ।
रोलक्रममा अगाडि राखेर मुख्य रजिस्ट्रारबाट उच्च अदालतको न्यायाधीश बनाउने गरी संशोधन गरिएको नियमावली कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश मागसहित सोमबार सर्वोच्चमा सङ्घका तर्फबाट रिट परेको थियो ।
न्याय परिषद् नियमावली २०७४ को नियम ११ (१) (क) (ख) अनुरूपको अवस्थामा न्याय परिषद्ले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीश तोक्दा स्वतः उच्च अदालतका मुख्य न्यायाधीश भन्दा तल कायम रहेका न्यायाधीशहरूको वरियताक्रम घट्ने गरी उक्त संशोधन भएपछि नेपाल बार एसोसिएसनले विरोध जनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण