अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको ब्रान्च सामाखुसीमा
काठमाडौँ । अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको नयाँ ब्रान्च राजधानीको सामाखुसीमा खुलेको छ । सोमबार सामाखुसी चोकस्थित सिटी स्क्वायर मलमा अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले रिबन काटेर उक्त एक्स स्टेपको नयाँ आउटलेटको उद्घाटन गरेका हुन् ।
खेल पोसाकको उत्कृष्ट ब्रान्डमध्ये एक एक्स स्टेपको यो १४ औँ आउटलेट हो । एक्स स्टेपको नयाँ आउटलेटको उद्घाटनको अवसरमा ‘रन फर फ्रेस एयर’ नारासहित पाँच किलोमिटर दौडको आयोजना पनि गरिएको थियो ।
सो दौडमा धावक कुलुङसहित अन्य आठ जना ट्रायल रनर दावा तामाङ, मानकुमार रोक्का मगर, गोपाल तामाङ, सन्तोष तामाङ, होमराज तामाङ, आङफूर्वा शेर्पा र मञ्जु सुनुवारले सहभागिता जनाएका थिए ।
एक्स स्टेपको नेपालका लागि आधिकारिक बिक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले सो दौडमा सहभागी धावक धाविकालाई एक्स स्टेपका खेल पोशाकसहितको गिफ्ट ह्याम्पर प्रदान गरेका छन् ।
सिटी स्क्वायरको आउटलेटबाट एक्सटेप ब्राण्डका सामान खरिदमा १५ दिनसम्म आकर्षक छुटको अफर चलिरहेको एक्सटेप सोरुमका अर्जुन भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण