आयोग पदाधिकारीका लागि सर्च कमिटीमा धमाधम अन्तर्वार्ता, पहिलो दिन ११ जनाको सकियो
काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोग बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगको पदाधिकारी सिफारिस गर्न गठित सिफारिस समिति (सर्च कमिटी)ले सर्ट लिस्टमा परेकाहरूको अन्तर्वार्ता धमाधम लिइरहेको छ ।
सिफारिस समितिका प्रवक्ता डा. लिली थापाका अनुसार बुधबारबाट उनीहरूको अन्तर्वार्ता लिन थालिएको हो । उनका अनुसार पहिलो दिन बेपत्ता र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष पदमा आवेदन दिएका आठ जनाको अन्तर्वार्ता सकिएको छ । त्यस्तै सदस्य पदका ३ जनाको पनि अन्तरवार्ता पहिलो दिनमै अन्तरवार्ता सकिएको छ ।
पहिलो दिन अध्यक्षका उम्मेदवार अग्निप्रसाद थपलिया, अच्युतप्रसाद भण्डारी, डिल्लीराज आचार्य, महेश थापा, लीलादेवी गड्तौला, विजयसिंह सिंजापति,विश्वराज कोइराला र शेरबहादुर केसीसहित सदस्यका दुई महिलासहित एक पुरुषको अन्तर्वार्ता सकिएको छ ।
‘बाँकी ११,१२ जनाको आज सकिन्छ, शुक्रबारसम्म अन्तरवार्ताको काम सकिन्छ’, थापाको भनाइ छ । उनीहरूमध्ये कतिलाई मौखिक प्रश्न सोधिएको र कतिपयले डिजिटल प्रस्तुति समेत दिएका छन् ।
‘आफू छनोट भए यो यो काम गर्नसक्छु भनेर प्रस्तुतिहरू दिनुभएको छ’, प्रवक्ता थापाको भनाइ छ । यसअघि आयोगका अध्यक्षसहित १० पदाधिकारीका लागि १११ जनाले निवेदन दिएकोमा ३४ जनाको नाम संक्षिप्त सुची (सर्ट लिस्ट)मा छनोट भएको थियो ।
समितिले अन्तरवार्ता सकेपछि दुई अध्यक्ष र ८ सदस्यको नाम सरकारलाई सिफारिस गर्नेछ । त्यसपछि आयोग गठन गरेर शान्ति प्रक्रियाको बाँकी काम सुरु हुनेछ ।
सरकारले पछिल्लो पटक चैत ११ गते सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा दुवै आयोगका पदाधिकारी छनोट गर्न सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो । समितिले आवेदन मागेर संक्षिप्त सुची सार्वजनिक गरेपछि केही द्वन्द्वपीडित समुदायले उक्त कमिटीले निष्पक्ष काम गर्न नसक्ने भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण