काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन
काठमाडौँ । काठमाडौँदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली काठमाडौँबाट प्रस्थान गरेको छ । पर्यटन व्यवसायी पर्यटक बसमा रारा पुग्ने र बाटोको अवस्थालगायत समग्र यात्राको स्थिति बुझ्न आज नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट प्रस्थान गरेका हुन् ।
भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएको बताए । उनले भने, ‘काठमाडौँलाई रारासँग जोड्ने अभियान सुरु भएकोमा निकै खुसी लागेको छ । पर्यटकलाई काठमाडौँबाट कर्णालीको रारासम्म सडक यातायातमार्फत पुग्न सकिन्छ भन्ने सन्देश दिन गरिएको यो प्रयास सफल हुने विश्वास लिएका छौँ ।’
भ्रमणले अब रारा टाढा छैन भन्ने सन्देश फैलाउने र आन्तरिक र क्षेत्रीय पर्यटन प्रवर्द्धनमा पनि योगदान दिने उनको भनाइ छ ।
टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भीष्म न्यौपानेले काठमाडौँदेखि रारासम्मको यात्राको सम्भावना र व्यवस्थापनको अध्ययन गर्न यात्रा उपयोगी हुने बताए । ‘सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाको सूक्ष्म अध्ययनपछि थप योजनाबद्ध रूपमा अघि बढ्नेछौँ’, उनले भने ।
टीबानका पूर्व अध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताए । उनले भने, ‘काठमाडौँदेखि रारा जाने यो उपयुक्त सिजन हो । काठमाडौँबाट बस यात्रा गराएर रारा पुर्याउन सक्यौँ र यसका लागि थप प्याकेज बनाउन सक्यौँ भने रारामा पर्यटकको सङ्ख्यामा वृद्धि हुनेछ ।’
भ्रमण टोलीमा पर्यटन व्यवसायी, सरोकारवाला निकायका प्रतिनिधि सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण