बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजावादी आन्दोलन

राजसंस्था लोकतन्त्रको विरोधी होइन : राजेन्द्र लिङ्देन

बिहीबार, २५ वैशाख २०८२, १४ : ५०
बिहीबार, २५ वैशाख २०८२

काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयताको खारेजीको आन्दोलनका लागि वैशाख २५ महत्वपूर्ण दिन भएको बताएका छन् । राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबिच धुर्वीकरण हुन जरुरी रहेको बताए । 

लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकर्ताहरुलाई धुर्वीकरण हुन आह्वान गरे । उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएको भन्दै सिंगो देशवासीलाई आन्दोलनमा सहभागी हुन समेत आग्रह गरे ।

लिङ्देनले पनि थापाले जस्तै आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गरे ।  ‘देश यही अवस्थामा बसिरहन सक्दैन, नयाँ सम्झौतामा जानुपर्यो । जबकि राजादेखि सबै शक्ति अटाउन सकोस्’, लिङ्देनले आफूहरुको प्रस्तावलाई नस्वीकारी गणतन्त्र पक्षधरले दमनको बाटो बढारिने चेतावनी दिए । 

‘अब बल सरकारको कोर्टमा छ । तपाईंहरु के चाहानुहुन्छ । देखिरहनुभएको होला केही दिन पहिला सम्पूर्ण राज्यशक्ति प्रयोग गरेर यो आन्दोलनको प्रतिवाद गर्ने अभ्यास पनि गर्नुभयो’, उनले भने, ‘जनता कति उपस्थित छन् ?’ उनले दमन र जालझेलको सहारा नलिई समझदारीमा आउन गणतन्त्र पक्षधर दल र सरकारलाई आग्रह समेत गरे । उनले राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु नभएको भन्दै उन्नत मुलुकमा राजतन्त्र रहेको बताए ।

लिङ्देनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनको एउटा अंगका रुपमा अघि बढ्ने घोषणा समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप