एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप
काभ्रे । एन्फाको साधारणसभा काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको छ । जसमा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप भएको छ । साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकेको थियो । आफूलाई रोकेपछि आक्रोशित एन्फा पूर्वअध्यक्ष थापाले भने, ‘कि अदालतको निर्णय मान्दिनँ भन्नुपर्यो कि साधारण सभामा प्रवेश दिनुपर्यो ।’
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएको थियो । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए । थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा परेका थिए ।
यसैबीच प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा आफूलाई रोक लगाउन सक्ने भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए । वैशाख २१ मा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको
इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल पुगेका थिए । एन्फाको नियमित साधारण सभाको खुल्ला सत्रमा थापालाई प्रवेशमा रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण