शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत

शुक्रबार, २६ वैशाख २०८२, १२ : २८
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी कुनै पनि किसिमको आतङ्कवादको विरुद्धमा रहेको बताएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतङ्कवादको विरुद्धमा रहेको बताए ।

उनले भारत र पाकिस्तानको बिचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए । उनले कांग्रेसले आतङ्कवादको खिलाफमा हुने कारबाहीलाई  जायज ठान्ने बताए ।

उनले पाकिस्तान र भारतबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए । कांग्रेस आतङ्कवादलाई निरुत्साहित गर्नेतर्फ रहेको उनले बताए ।

महतले आतङ्कवादलाई कसैले पनि प्रश्रय दिन नहुनेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप