कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत
शुक्रबार, २६ वैशाख २०८२, १२ : २८
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टी कुनै पनि किसिमको आतङ्कवादको विरुद्धमा रहेको बताएको छ । शुक्रवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि बोल्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस आतङ्कवादको विरुद्धमा रहेको बताए ।
उनले भारत र पाकिस्तानको बिचमा भइरहेको द्वन्द्वप्रति पार्टीले निहत्था नागरिकमाथि भएको आक्रमणको निन्दा गरेको बताए । उनले कांग्रेसले आतङ्कवादको खिलाफमा हुने कारबाहीलाई जायज ठान्ने बताए ।
उनले पाकिस्तान र भारतबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए । कांग्रेस आतङ्कवादलाई निरुत्साहित गर्नेतर्फ रहेको उनले बताए ।
महतले आतङ्कवादलाई कसैले पनि प्रश्रय दिन नहुनेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण