२ साताभित्र ‘रियल टाइम बक्सअफिस’ सुरु हुने
काठमाडौँ । चलचित्र विकास बोर्डले बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । दुई साताभित्र यो ल्याउने गरेर प्रविधि परीक्षण समेत सुरु भएको छ । बिहीबार प्रणालीको सफलतापूर्वक परीक्षण गरिएको बोर्ड अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।
यसअघि डिसीले वैशाखको अन्तिमसाता भित्र ‘रियल टाइम डेटा’ सार्वजनिक गर्ने बताउँदै आएका थिए । अहिले भने अबको दुईसाता भित्र ल्याउने तयारी छ ।
यो प्रणालीमा हलबाट टिकट बिक्री भएको ५ मिनेटभित्रै केन्द्रीय सर्भरमा डेटा भण्डारण हुनेछ । अहिलेलाई बक्सअफिस डेटा सरकारी प्रतिनिधि, फिल्म निर्माता र वितरक मात्र हेर्न पाउनेछन् ।
बोर्डले अहिले बोर्डबाट उपलब्ध हुने विभिन्न काम पनि अनलाइन माध्यमबाट लिन सकिने बनाउन लागेको छ । सेवाग्राहीले बोर्डको वेबसाइटमार्फत सेवा लिन सक्नेछन् । यो अनलाईनसेवा सुरु भएपछि कसैले पनि बोर्ड धाउनु पर्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण