आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय

२ साताभित्र ‘रियल टाइम बक्सअफिस’ सुरु हुने

शुक्रबार, २६ वैशाख २०८२, १२ : ४५
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । चलचित्र विकास बोर्डले बक्सअफिसको बहुप्रतीक्षित ‘रियल टाइम डेटा’ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । दुई साताभित्र यो ल्याउने गरेर प्रविधि परीक्षण समेत सुरु भएको छ । बिहीबार प्रणालीको सफलतापूर्वक परीक्षण गरिएको बोर्ड अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

यसअघि डिसीले वैशाखको अन्तिमसाता भित्र ‘रियल टाइम डेटा’ सार्वजनिक गर्ने बताउँदै आएका थिए । अहिले भने अबको दुईसाता भित्र ल्याउने तयारी छ ।

यो प्रणालीमा हलबाट टिकट बिक्री भएको ५ मिनेटभित्रै केन्द्रीय सर्भरमा डेटा भण्डारण हुनेछ । अहिलेलाई बक्सअफिस डेटा सरकारी प्रतिनिधि, फिल्म निर्माता र वितरक मात्र हेर्न पाउनेछन् ।

बोर्डले अहिले बोर्डबाट उपलब्ध हुने विभिन्न काम पनि  अनलाइन माध्यमबाट लिन सकिने बनाउन लागेको छ ।  सेवाग्राहीले बोर्डको वेबसाइटमार्फत सेवा लिन सक्नेछन् । यो अनलाईनसेवा सुरु भएपछि कसैले पनि बोर्ड धाउनु पर्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप