को बन्ला उत्कृष्ट हिरोइन ?
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का, मिरुना मगर, केकी अधिकारी, सुरक्षा पन्त, सुहाना थापा उत्कृष्ट हिरोइनको प्रतिस्पर्धा हुने भएको छ । १६ औँ डि सिने अवार्डको सार्वजनिक उत्कृष्ट ५ को सूचीमा यी अभिनेत्री परेका हुन् ।
अभिनेता तर्फ भने दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, खगेन्द्र लामिछाने देखिएका छन् । अभिनेता विपिन कार्की यो सूचीमा २ फिल्मबाट परेका छन्, भने अन्य अभिनेता एक–एक फिल्मबाट परेका छन् ।
छाया छवि क्रियशनको आयोजना गर्दै आएको अवार्डमा यस पटक २०८० को फिल्ममा बिच प्रतिस्पर्धा गराइएको हो । ०८१ नै वर्ष सकिएको अवस्थामा अब ०८२ को हुनुपर्नेमा केहि ढिला भएको र ०८१ को पनि आगामी दशैं र तिहारको बिचमा गरी नियमीयता दिलाइने छाया छवि क्रियशन एवं अवार्डका अध्यक्ष शान्तिप्रियले बताए ।
खासगरी फिल्म र फिल्मका सर्जकहरू प्रोत्साहित होउन् राम्रा भन्दा राम्रा फिल्म बनुन् भन्ने उद्देश्यले अवार्ड आयोजना हुँदै आएको हो ।
१६ औ संस्करणको उत्कृष्ट मनोनयन २१ विधामा छ । २१ विधा र त्यसपछि इनकरेजमेन्ट अवार्ड, जुरी अवार्ड, क्रिटीक्स अवार्ड एवं पब्लिक च्वाइस अवार्ड आवश्यक देखिएमा मात्र प्रदान गरिनेछ । १६ औँ संस्करणको प्रिज्मा डि सिने अवार्ड मनोनयनमा यस प्रकार छ ।
उत्कृष्ट चलचित्र
१. प्रसाद–२ : सुवास थापा प्रोडक्सन
२. दिमाग खराब : सिनेमा आर्ट प्रा. लि.
३. नाङ्गो गाउँ : क्लक वर्क क्रियशन
४. जारी : बाँसुरी फिल्मस्
५. बुलाकी : छत्रेश्वरी म्यानेजमेन्ट प्रा. लि.
उत्कृष्ट निर्देशक
१. निश्चल बस्नेत : दिमाग खराब
२. दीपेन्द्र लामा : नाङ्गो गाउँ
३. सुदर्शन थापा : प्रसाद–२
३. सौरभ चौधरी : अगस्त्य
४. मिलन चाम्स : गोर्खा वारियर
उत्कृष्ट अभिनेता
१. दयाहाङ राई : जारी
२. सौगात मल्ल : अगस्त्य
३. विपिन कार्की : प्रसाद–२
४. खगेन्द्र लामिछाने : दिमाग खराब
५. विपिन कार्की : एक भगवत् एक गीता
उत्कृष्ट अभिनेत्री
१. स्वस्तिमा खड्का : दिमाग खराब
२. मिरुना मगर : जारी
३. केकी अधिकारी : प्रसाद–२
४. सुरक्षा पन्त : बुलाकी
५. सुहाना थापा : एक भगवत् एक गीता
उत्कृष्ट सह–अभिनेता
१. नाजीर हुसेन : अगस्त्य
२. विजय बराल : जारी–२
३. माओत्से गुरुङ : डिग्री माइला
४. अर्पण थापा : दिमाग खराब
५. विजय लामा : नाङ्गो गाउँ
उत्कृष्ट सह–अभिनेत्री
१. करिश्मा मानन्धर : बगान
२. कविता आले : गोर्खा वारियर
३. बेनीशा हमाल : उपहार
४. पूजा शर्मा : उपहार
५. सूर्यमाला शर्मा : गणपति
उत्कृष्ट खलपात्र
१. अर्पण थापा : प्रसाद–२
२. कोशिष क्षेत्री : ऐंचौ पैँचो
३. प्रमोद अग्रहरी :अगस्त्य
४. मुरली धर : काँडेतार
५. शिशिर वाङदेल : नाङ्गो गाउँ
उत्कृष्ट नव निर्देशक
१. लक्ष्मण सुनार : बुलाकी
२. उपेन्द्र सुब्बा : जारी
३. कृषा चौलागाई : ऐंचौ पैँचो
४. सरोज खनाल : बगान
५. माओत्से गुरुङ : दयारानी
उत्कृष्ट नव अभिनेता
१. आशीर्वाद क्षेत्री : नाइँ नभन्नू ल–६
२. रितेश चाम्स : गोर्खा वारियर
३. विराज विष्ट : बुलाकी
४. प्रकाश सपुत : परदेशी–२
५. समर्पण जंग कार्की : उपहार
उत्कृष्ट नव अभिनेत्री
१. प्रमीला कार्की : बगान
२. स्वस्तिमा कार्की : टुल्की
३. शान्ति वाइबा : नीरफूल
४. परिक्षा लिम्बु : जारी
५. नयन गुरुङ : दयारानी
उत्कृष्ट छायांकार
१. शिव ढकाल : बुलाकी
२. पुरुषोत्तम प्रधान : ऐँचो पैँचो
३. बाबु श्रेष्ठ : अन्तिम संस्कार
४. सुसन प्रजापति : दिमाग खराब
५. राजेश श्रेष्ठ : प्रसाद–२
उत्कृष्ट सम्पादक
१. अर्जुन जिसी/लक्ष्मण सुनार : बुलाकी
२. विपिन मल्ल/भूपेन्द्र अधिकारी : ऐँचो पैँचो
३. निमेश श्रेष्ठ : दिमाग खराब
४. मिलन श्रेष्ठ : प्रसाद–२
५. बन्दे प्रसाद/तारा थापा किम्भे : काँडेतार
उत्कृष्ट लेखन
१. उपेन्द्र सुब्बा : जारी
२. आकाश बराल : दिमाग खराब
३. सुशील पौडेल : प्रसाद–२
४. रामबाबु गुरुङ : डिग्री माइला
५. राज बहादुर साने : बुलाकी
उत्कृष्ट द्धन्द निर्देशक
१. श्री श्रेष्ठ : काँडेतार
२. हिमाल के.सी : गोर्खा वारियर
३. श्री श्रेष्ठ : अगस्त्य
४. हिमाल के.सी : एक भगवत् एक गीता
५. राज कुमार उप्रेति : दिमाग खराब
उत्कृष्ट नृत्य निर्देशक
१. कविराज गहतराज : वा वा वा – उपहार
२. कविराज गहतराज : काले केटाले – ऐँचो पैँचो
३. रामजी लामिछाने : सुन सुन सुन्दरी – नाङ्गो गाउँ
४. कविराज गहतराज : झिझिया – एक भगवत् एक गीता
५. विक्रम स्वार : मार्सी धान – प्रसाद–२
उत्कृष्ट संगित
१. अर्जुन पोखरेल : कहिले बार बिर्सिन्छु – उपहार
२. सुशान्त गौतम :सुन सुन सुन्दरी – नाङ्गो गाउँ
३. राजन राज शिवाकोटी : चिरी च्याट्टै – दयारानी
४. आशिष अविरल : काले केटाले –ऐँचो पैँचो
५. मनोज थापा मगर : रीत – जारी
उत्कृष्ट पार्श्व गायक
१. बावुल गिरी : वा वा वा – उपहार
२. करण परियार : रातले कुर्र्या चन्द्रमा – बुलाकी
३. प्रताप दास : तिम्रो आँखामा – नाइँ नभन्नू ल –६
४. एस डि योगी : सुन सुन सुन्दरी – नाङ्गो गाउँ
५. राजेश पायल राई : जीन्दगीको डुंगा – नीरफूल
उत्कृष्ट पार्श्व गायिका
१. अनु चौधरी : रातले कुर्र्या चन्द्रमा – बुलाकी
२. बानीका प्रधान : उडी छुनु छ आकाश – बगान
३. अन्जु पन्त : कहिले बार बिर्सिन्छु – उपहार
४. बेनीशा पौडेल : दिउला माया – नाइँ नभन्नू ल – ६
५. दुर्गा खरेल : तिमी बदनामी – नीरफूल
उत्कृष्ट गीतकार
१. सुरेश वाग्ले : उडी छुनु छ – बगान
२. हर्क साउद : रीत – जारी
३. फूलमान बल : जीन्दगीको डुंगा – नीरफूल
४. इन्दिरा अधिकारी : कहिले बार बिर्सिन्छु – उपहार
५. शुष्मा सिग्देल : सुन सुन सुन्दरी – नाङ्गो गाउँ
उत्कृष्ट पार्श्व सङ्गीत
१. शाश्वत श्रेष्ठ : उपहार
२. किरण तुलाधर : बुलाकी
३. एलीस कार्की : गोर्खा वारियर
४. भास्कर स्वार/सौरभ शर्मा : अगस्त्य
५. सैलेश श्रेष्ठ : एक भगवत् एक गीता
उत्कृष्ट ध्वनि मिश्रण
१. मुकेश शाह : बुलाकी
२. उत्तम न्यौपाने : एक भगवत् एक गीता
३. मुकेश शाह : काँडेतार
४. सुधीर कुमार दास : गोर्खा वारियर
५. सञ्जय श्रेष्ठ : उपहार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण