विद्यालय शिक्षा र निजामती सेवासहित ६ विधेयक पास गर्ने सरकारको योजना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को बजेट अधिवेशनबाट ६ विधेयक पास गर्ने सरकारको योजना रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमाथि जवाफ दिँदै उनले यही अधिवेशनबाट ६ विधेयक साप गर्ने योजना रहेको बताएका हुन् ।
सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पनि यी विधेयक पारित हुनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवासम्बन्धी विधेयक पारित गरेपछि मात्रै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पास गर्न आवश्यक रहेको बताए ।
त्यस्तै संसद्मा विचाराधीन रहेका वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गर्ने लक्ष्य सरकारको रहेको प्रधानमन्त्री ओलीले बताएका हुन् ।
सरकारले वैशाख १६ गते आफ्ना माग कार्यान्वयनलाई दबाब दिन आन्दोलनरत नेपाल शिक्षक महासंघसँग आगामी २५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न आवश्यक देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण