विद्यालय शिक्षा र निजामती सेवासहित ६ विधेयक पास गर्ने सरकारको योजना
_3DcfpvcA92.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को बजेट अधिवेशनबाट ६ विधेयक पास गर्ने सरकारको योजना रहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नमाथि जवाफ दिँदै उनले यही अधिवेशनबाट ६ विधेयक साप गर्ने योजना रहेको बताएका हुन् ।
सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पनि यी विधेयक पारित हुनुपर्ने उनको भनाइ छ ।
प्रधानमन्त्री ओलीले विद्यालय शिक्षा विधेयक र संघीय निजामती सेवासम्बन्धी विधेयक पारित गरेपछि मात्रै नीति तथा कार्यक्रम कार्यान्वयनका लागि पास गर्न आवश्यक रहेको बताए ।
त्यस्तै संसद्मा विचाराधीन रहेका वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक, नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गर्ने लक्ष्य सरकारको रहेको प्रधानमन्त्री ओलीले बताएका हुन् ।
सरकारले वैशाख १६ गते आफ्ना माग कार्यान्वयनलाई दबाब दिन आन्दोलनरत नेपाल शिक्षक महासंघसँग आगामी २५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न आवश्यक देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविविरुद्ध उजुरी नदिएको भन्दै एकपछि अर्को गर्दै बोल्न थाले बचतकर्ता
-
ओमोडा एन्ड जेइकोलेको ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक, चीन भ्रमणकाे मौका
-
शिक्षामा कम्तीमा २० प्रतिशत लगानी, कसरी सम्भव छ ?
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य