मुलुक ग्रे लिस्टमा अघिल्लो सरकारका कारण परेको हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारका कारण मुलुक ग्रे लिस्टमा नपरेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा संसद्मा उठेका प्रश्नको जवाफ दिँदा आफूले उठाएका प्रश्नको जवाफ नआएको भन्दै पुनः सोधेका पूरक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यसअघिको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारप्रति व्यङ्ग गर्दै आफूहरूका कारण ग्रे लिस्टमा नपरेको बताए ।
‘हामी त मुलुकलाई ग्रे लिस्टमा नपारौँ भन्नेमा थियौँ । तर अघिल्लो सरकारहरूले के–के गर्यो ? के-के गर्यो ?,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले त नपारौँ भनेका थियौँ । तर, समय पुगेन ।’
उनले व्यङ्ग्य गर्दै भने मुलुक ग्रे लिस्टमा कापी काट्नेले गर्दा परेको नभई परीक्षा दिनेका कारण परेको बताए । ‘कपि काट्नेका कारण मुलुक ग्रे लिस्टमा परेको होइन, जाँच दिनेका कारण फेल भएर परेको हो,’ ओलीले भने, ‘अहिलेको सरकार कपि काट्ने बेलामा मात्रै आएको हो । परीक्षा दिने बेलामा आएको थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण