सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
संस्कृति

किराँत समुदायले यसरी मनाए उभौली पर्व, तस्बिरमा हेर्नुहोस्

सोमबार, २९ वैशाख २०८२, १३ : ४१
सोमबार, २९ वैशाख २०८२

काठमाडौँ ।  किराँत समुदायले सोमबार उभौली पर्व मनाएका छन् । किराँत धर्मावलम्वी राई, लिम्बू लगायत जातजातिहरूले उभौली अर्थात चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । 

किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । 

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् ।

 वैशाख पूर्णिमापछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ । 

यसैबीच काठमाडौँको गोकर्णस्थित बनमा नाचगान गरी यो पर्व मनाइएको छ । उक्त अवसरका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ । 

ubhauli (1)ubhauli (2)ubhauli (3)ubhauli (4)ubhauli (5)ubhauli (6)ubhauli (7)ubhauli (8)ubhauli (9)ubhauli (10)

494358516_1376816816899603_2698481783459775492_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप