संस्कृति
किराँत समुदायले यसरी मनाए उभौली पर्व, तस्बिरमा हेर्नुहोस्
सोमबार, २९ वैशाख २०८२, १३ : ४१
काठमाडौँ । किराँत समुदायले सोमबार उभौली पर्व मनाएका छन् । किराँत धर्मावलम्वी राई, लिम्बू लगायत जातजातिहरूले उभौली अर्थात चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् ।
किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् ।
वैशाख पूर्णिमापछि गर्मी बढ्दै जाने र बेँसीमा रहेका यो समुदायका मानिस लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ ।
यसैबीच काठमाडौँको गोकर्णस्थित बनमा नाचगान गरी यो पर्व मनाइएको छ । उक्त अवसरका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ ।
_BRxN5dBHGa.jpg)
_5K0ddZIoIp.jpg)
_2Kl0JExuq8.jpg)
_cyhts5gmZ2.jpg)
_47t4wV5c8r.jpg)
_y8MfklIy3F.jpg)
_aF3eFYcLtX.jpg)
_ur6A0DJuln.jpg)
_FtyFNxEshN.jpg)
_rAQQ7vEn3k.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण