गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ
नयाँ दिल्ली । पाकिस्तानसँग ५१ घण्टाको युद्धविरामपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विगत केही दिनमा आफूले देशको शक्ति र संयम दुवै देखेको बताएका छन् ।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले सबैभन्दा पहिले प्रत्येक भारतीयको तर्फबाट भारतको शक्तिशाली सेना, सशस्त्र बल, गुप्तचर एजेन्सी र वैज्ञानिकहरूलाई सलाम गरे । त्यसपछि भने, ‘हाम्रा बहादुर सिपाहीहरूले अपरेशनको उद्देश्य प्राप्त गर्न अपार साहस प्रदर्शन गरे। आज म उनको बहादुरी, साहस र वीरता हाम्रो देशका हरेक आमा, दिदीबहिनी र छोरीलाई समर्पित गर्दछु।’
आफूहरूले सशस्त्र बललाई आतंककारीहरूलाई मेटाउन स्वतन्त्र हात दिएको पनि उनले बताए । उनले भने, 'यस आतंकवादी हमलापछि, सम्पूर्ण राष्ट्र, प्रत्येक नागरिक, प्रत्येक समाज, प्रत्येक वर्ग, प्रत्येक राजनीतिक दल आतंकवादविरुद्ध कडा कारबाही गर्न एक स्वरमा उभिएका छौँ, आतंककारीहरूलाई मेटाउन भारतीय सेनालाई स्वतन्त्रता दिएका छौँ। आज हरेक आतंकवादी संगठनलाई थाहा छ हाम्रा दिदीबहिनी र छोरीहरूको निधारबाट सिन्दुर निकाल्दा के परिणाम हुन्छ ।'
अप्रिल २२ मा पहलगाममा आतंककारीहरूले देखाएको बर्बरताले देश र विश्वलाई स्तब्ध बनाएको उनको भनाइ थियो । उनले भने, 'परिवार र बालबालिकाको अगाडि बिदा मनाइरहेका निर्दोष मानिसहरूको क्रूर हत्या आतंकको एकदमै भयानक अनुहार हो ।'
उक्त घटना आफ्नो देशको सद्भाव तोड्ने घृणित प्रयास भएको र त्यसले आफूलाई असह्य पीडा दिएको उनले बताए । 'हाम्रा बहादुर सिपाहीहरूले अपरेशनको उद्देश्य प्राप्त गर्न अपार साहस प्रदर्शन गरे । आज, म उनको बहादुरी, साहस र वीरता हाम्रो देशका हरेक आमा, दिदीबहिनी र छोरीलाई समर्पित गर्दछु ।'
मोदीले भने,
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण