१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’

आज २०८२ वैशाख ३० गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- बजेट कस्तो चाहिन्छ ?
सरकारले आगामी आर्थिक वर्ष (२०८२/०८३) को बजेट ल्याउने तयारी गरिरहेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदका दुवै सदनबाट पारित भइसकेको छ । सरकारले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता समेत संसदमा प्रस्तुत गरिसकेको छ ।
- अनेरास्ववियु महाधिवेशन
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु आफ्नो २४ औँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । आगामी जेठ २५ गतेदेखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि विधान संशोधन मस्यौदा उपसमिति, प्रचार प्रसार उपसमिति, प्रतिनिधि छनोटलगायत कामका लागि गठन गरिएका उपसमितिहरूले गृहकार्य गरिरहेका छन् ।
- चुरेको अवैध उत्खनन
अवैध उत्खनन भएको उजुरी परेपछि उदयपुरको चौदण्डीगढी नगरपालिका–२ र ४ को सिमामा पर्ने माडीबास र लामाखोला बरपानी क्षेत्रको नदीजन्य पदार्थ सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) इटहरीले छानबिन थालेको छ ।
- सैनिक कल्याणकारी कोषको रकम हिनामिना प्रकरण
सैनिक कल्याणकारी कोषको रकम हिनामिनामा संलग्न आरोपमा सहायक रथी रोशन खड्कासहित दुईजना उच्च सैनिक अधिकृतलाई सेनाले ‘थुना’मा राखेर अनुसन्धान गरिरहेको छ । सहायक रथी खड्का र मेजर बोधराज कार्कीमाथि सेनाले कोर्ट अफ इन्क्वाइरी सुरु गरेको हो ।
- न्यायालय
संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमा मंगलबार दसौँ दिनको सुनुवाइमा लोकसेवा आयोगको तर्फबाट कानुन व्यवसायीहरूले नियुक्तिको बचाऊ गर्दै बहस गरेका छन् । आज आयोगका अध्यक्ष माधव रेग्मीको तर्फबाट कानुन व्यवसायीहरू दिनमणि पोखरेल, ललित बस्नेत र मेघनाथ पोखरेलले बहस गरे । उनीहरूको बहसपश्चात् आज पनि उक्त रिट हेर्दाहेर्दैमा राखिएको छ ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
- सगरमाथा संवाद
जेठ २ गतेदेखि नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ । सो कार्यक्रममा संवादमा करिब १७५ जना विदेशी पाहुना र करिब त्यतिकै संख्यामा नेपाली सहभागीसहित करिब ३५० जना सहभागीहरूले भाग लिने मन्त्रालयले जनाएको छ ।
- सहकारी ठगी प्रकरण
कांग्रेस सांसद माया राईविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले मंगलबार मुद्दा दायर सहमहान्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए ।
- भारत-पाकिस्तान तनाव
भारत र पाकिस्तानले शनिबार अर्को देशले आफ्नो सैन्य हवाई अड्डाहरूमा आक्रमण गरेको र क्षति पुर्याएको दाबी गरेका छन् । यतिबेला दुई देशबिचको तनाव चरम सीमामा छ ।
- माओवादीको ‘मिसन–२०८४’
सत्ताबाट बाहिरिएपछि वर्ग समुदायतर्फ केन्द्रित भएको नेकपा माओवादी केन्द्रले पूर्वी क्षेत्रमा विशेष ध्यान दिएको छ । २०६४ को झल्को दिनेगरी २०८४ को आम निर्वाचनमा ठुलो दलको रूपमा आफूलाई स्थापित गर्न माओवादीले पूर्व क्षेत्र अर्थात् सहरी क्षेत्रलाई विशेष ध्यान दिएको हो ।
- राजीनामा
जनमत पार्टीबाट लुम्बिनी प्रदेशको प्रदेश सभामा समानुपातिक सांसद बनेकी गीता गुरुङले आफ्नो पदबाट राजीनामा दिइएकी छिन् । हाल बेलायतमा रहेकी उनले उतैबाट इमेल गरेर राजीनामा दिएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमराको सार्वजनिक जग्गामा पनि डाबरको रजाइँ
-
कहाँ छ सूचनाको हक ?
-
जिपको ठक्करबाट एक जनाको मृत्यु भएपछि कञ्चनपुरमा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
-
गरिमा विकास बैंकको स्याङ्जामा दुई नयाँ शाखा सञ्चालनमा
-
नेपाल मगर विद्यार्थी सङ्घको नयाँ केन्द्रीय समिति चयन
-
एससीटी र सालपा विकास बैंकबिच कार्ड जारी गर्ने सम्झौता