गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौँ घाइते

गाजा । खान युनिसको एक युरोपेली अस्पतालमा गरिएको इजरायली हवाई आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्।
स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ छ वटा बम खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा खसेका थिए। इजरायली सेनाले भने ‘कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूमाथि सटीक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पताल मुनि रहेको दाबी गरेको छ।
यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचार पछि, उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।
७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबिचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान विभाजनसम्बन्धी दुई विधेयक समितिमा पठाइयो
-
बागमतीका तत्कालिन मेयरविरूद्ध चौथो मुद्दा दायर, ५६ करोड ७१ लाख भ्रष्टाचारको आरोप
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित