१० बजे १० समाचार : थपियो बेरुजु, अर्का पूर्वसैनिकविरुद्ध डिफ्युजन नोटिस

आज २०८२ वैशाख ३१ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- महालेखापरीक्षकको ६२ औँ प्रतिवेदन
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ सम्मको लेखापरीक्षण सहितको ६२ औँ वार्षिक प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । सरकारको संवैधानिक निकायको रूपमा रहेको महालेखाले विभिन्न तहका सरकार, समिति र अन्य संस्था तथा संगठित संस्था समेत गरी ५ हजार ७५९ वटा निकायको लेखापरीक्षण गर्दै यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो ।
- एनजीओ र आईएनजीओको ‘भात’
पछिल्लो समय कर्णालीको राजधानी वीरेन्द्रनगरमा भइरहेका एनजीओ र आईएनजीओका प्रायः कार्यक्रममा कर्णाली सरकार नै उपस्थिति हुने गरेको पाइएको छ । सम्बन्धित विषयभन्दा बाहिरका कार्यक्रममा हुल नै बाँधेर मन्त्रीहरू उपस्थित हुन थालेका हुन् । जसप्रति नागरिकस्तरबाट व्यापक आलोचना हुन थालेको छ ।
- नयाँ ब्याजदर
वाणिज्य बैंकहरूले निक्षेपको नयाँ ब्याजदर तोकेका छन् । नयाँ महिनाका लागि महिना सुरु हुनुअघि नै ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले जेठ महिनाका लागि यस्तो ब्याजदर निर्धारण गरेका हुन् । तोकिएका ब्याजदर बिहीबारदेखि लागु हुनेछ ।
- आईपीओ विवाद
नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन स्वीकृतिका लागि प्रक्रिया पूरा नभएका कम्पनीको नाम लिष्ट सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष सन्तोषणनारायण श्रेष्ठले स्वीकृति गर्न कमिसन मागेको आरोप लागेको छ ।
- ‘टोल ट्याक्स’
सरकारले पाँच वर्षपछि सडक उपभोग दस्तुर ‘टोल ट्याक्स’ बिउँताउने तयारी गरेको छ । कोरोना महामारीका वेला रोकिएको यस्तो कर फेरि उठाउन थालिएको सडक बोर्डले जनाएको छ ।
- भूमिसम्बन्धी विधेयक
सरकारले बुधबारको प्रतिनिधिसभा बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको विधेयक प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेपछि विधेयक कानुन निर्माणको प्रक्रियामा बढेको छ ।
- एमालेसँग मुख्यमन्त्रीहरूको प्रश्न
प्रदेश सरकारहरू आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट निर्माणको गृहकार्यमा जुटिरहेको वेला नेकपा एमालेले आफ्ना पार्टीबाट प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री, प्रदेश सभा दलका नेताहरू र प्रदेश सभा सदस्यहरूसँग भर्चुअल अन्तरसम्वाद गरेको छ ।
- डाबर रजाइँ
वीरगञ्ज महानगरपालिका–३२ बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रा.लिले जीतपुरसिम्रा उपमहानगर पार्कको सार्वजनिक जग्गा पनि कब्जामा लिएको छ । यसपछि डाबर नेपालले वीरगञ्ज–३२ को सार्वजनिक जग्गा कब्जा तथ्य प्रकाशमा आएको थियो ।
- रकम हिनामिना
सैनिक कल्याणकारी कोषमा २०७७ भन्दा पछि भएको रकम हिनामिनामाबारे पनि नेपाली सेनाले आन्तरिक अनुसन्धान गरिरहेको छ । २०७३ सालबाट २०७५ सम्म भएको आर्थिक अपचलनको मुद्दा अदालतमा पुगेसँगै त्यसपछि भएको हिनामिनाबारे पनि आन्तरिक छानिबन भइरहेको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले रातोपाटीलाई बताए ।
- टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता
महामन्त्री गगन थापा नेतृत्वको नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले क्रियाशील सदस्यता नवीकरणका लागि दोस्रो पटक म्याद थपेर जिल्लाहरूलाई दिएको समय आज सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा