सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै
काठमाडौँ । सेयर बजार बिहीबार पनि घटेको छ । साताको अन्तिम दिन आज बजार बजार परिसूचक ७.३७ अङ्क घटेको हो । योसँगै २६१२.८९ अङ्कमा कायम भएको छ । आज बजारमा ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा पछिल्लो साता बजारसँगै कारोबार समेत निरन्तर घट्दै गएको छ । गत बिहीबार ११ अर्ब माथि कारोबार भएको बजार आइतबार १० अर्ब १ करोड, सोमबार ९ अर्ब ४४ करोड, बुधबार ८ अर्ब ६१ करोडमा सीमित हुँदा आज ६ अर्ब ७७ करोड कायम भएको हो ।
बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैङ्कको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ ।
क्षेत्रगत रूपमा आज होटल तथा टुरिजम क्षेत्र सर्वाधिक ४.९१ प्रतिशत बढेको छ । म्युचुअल फण्ड र ट्रेडिङ परिसूचक बढ्दा अन्य परिसूचक घटेको छ । आज बजारमा सोल्टी होटल कम्पनीको सबैभन्दा धेरै कारोबार भएका छन् । कारोबार सङ्ख्यामा भने क्रेष्ट माइक्रो इन्स्योरेन्स अगाडि रहेको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण