‘ऊनको स्वीटर’को पहिलो साताको कलेक्सन कति ?

काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । फिल्मले पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै दोस्रो सातामा प्रवेश गरेको निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.लीले जानकारी दियो ।
सरकारी बक्स अफिसमा फिल्मको कलेक्सन कति छ भनेर अहिले सार्वजनिक गरिएको छैन । यसअघि पनि निर्माता र बक्सअफिस रिपोट नमिलेको कारण फरक देखिने अनुमान गर्न सकिन्छ ।
नवीन चौहानको लेखन तथा निर्देशन रहेको फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेल अभिनय छ ।
पहिलो साता उपत्यकाको हलहरु भ्रमण गरेको फिल्म युनिट दोस्रो साता भने उपत्यका बाहिरको भ्रमणमा निस्किने भएको । दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म पुग्ने कार्यक्रम छ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज