इनफिनिक्स स्मार्टफोनहरूमा ब्यान्ड २० को सुविधा
काठमाडौं । मोबाइल प्रविधिमा नवप्रवर्तन र स्टाइलको प्रतीक बनेको इनफिनिक्सले आफ्ना लोकप्रिय थप स्मार्टफोन मोडेलहरूमा अब ब्यान्ड २० (८०० MHz) को सुविधा उपलब्ध गराएको छ। यस प्रविधिले विशेषगरी नेपालजस्ता भूगोलिक रूपमा विविध देशमा प्रयोगकर्ताहरूलाई अझ स्थिर, भरपर्दो र तीव्र 4G LTE कनेक्टिविटी अनुभव गराउने उद्देश्य बोकेको कम्पनीको भनाइ छ ।
इनफिनिक्सका HOT 50i, SMART 9 लगायतका मोडेलहरूमा समावेश गरिएको ब्यान्ड २० को समर्थनले उपभोक्ताहरूलाई शहरी मात्र होइन, ग्रामीण तथा दुर्गम भेगहरूमा समेत उच्च गुणस्तरीय नेटवर्क पहुँच सुनिश्चित गराउनेछ। नेपालमा अझै पनि धेरै स्थानहरूमा कमजोर सिग्नलको समस्या रहेको परिप्रेक्ष्यमा यो प्रविधि अत्यन्त उपयोगी सावित हुन सक्ने कम्पनीको भनाइ छ ।
इनफिनिक्स HOT 50i मा ६.७ इञ्चको IPS LCD डिस्प्ले, १२०Hz रिफ्रेस रेट, र MediaTek Helio G81 प्रोसेसरजस्ता विशेषताहरू छन् । जसले प्रयोगकर्तालाई स्मूथ र जीवन्त अनुभव प्रदान गर्छ। यसमा ८ GB RAM र २५६ GB सम्मको आन्तरिक स्टोरेज, ४८ MP को प्रमुख क्यामेरा र ५००० mAh क्षमताको ब्याट्री जडान गरिएको छ, जुन १८W फास्ट चार्जिङ समर्थनसहित आउँछ। यी सबै विशेषताहरूले HOT 50i लाई एक शक्तिशाली र भरपर्दो स्मार्टफोन बनाउँछ।
त्यस्तै गरी, इनफिनिक्स SMART 9 मा ६.६ इञ्चको HD+ डिस्प्ले, डुअल क्यामेरा सेटअप, प्रशस्त स्टोरेज विस्तारको सुविधा र लामो समय टिक्ने ब्याट्री समावेश गरिएको छ। यो मोडेल पनि ब्यान्ड २० सहितका विभिन्न 4G LTE ब्यान्डहरूलाई समर्थन गर्छ, जसले गर्दा यसले सबै प्रकारका नेटवर्क अवस्था अनुकूल व्यवहार गर्न सक्षम हुन्छ।
ब्यान्ड २० को मुख्य फाइदा भनेको यसको ८०० MHz फ्रिक्वेन्सी हो, जसले नेटवर्क सिग्नललाई गहिरो penetration दिन मद्दत गर्छ। यसले भवनको भित्री भागमा पनि सजिलै सिग्नल पुर्याउन सक्छ, जसले गर्दा प्रयोगकर्ताहरूलाई घरभित्र वा अफिसभित्र पनि उत्कृष्ट नेटवर्क अनुभव हुन्छ। यस्तै, यस ब्यान्डले ग्रामीण क्षेत्रमा पनि राम्रो सिग्नल उपलब्ध गराउन सक्छ, जसले इन्टरनेट पहुँचलाई अझ व्यापक बनाउनेछ।
इनफिनिक्सका यी मोडेलहरू हाल नेपालभरका आधिकारिक खुद्रा विक्रेताहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण