ज्याकारान्डाको सौन्दर्यमा रमाउनेहरू (फोटोफिचर)
शुक्रबार, ०२ जेठ २०८२, १० : ५२

काठमाडौँ । उपत्यका अहिले ज्याकारान्डा फुलेर बैजनी रङको बनेको छ । सडक किनारमा ढकमक्क फुलेको ज्याकारान्डाले सहरको सौन्दर्य त बढाएको छ नै, मानिसहरूलाई मन भुलाउने माध्यम पनि बनेको छ ।
फूल हेरेर रमाउनेदेखि फोटो खिच्ने तथा भिडियो बनाउनेहरू थुप्रै देखिन्छन् । कतिपयले ज्याकारान्डाको बैजनी रङसँग मिल्ने कपडामा सजिएर टिकटक बनाउने गरेका देखिन्छन् । सडक किनारमा मात्र नभई निर्माणाधीन पुलमाथि समेत चढेर जोखिम मोलेर दृश्य कैद गरिरहेका देखिन्छन्।
पैसा लिएर ज्याकारान्डाको पृष्ठभूमिमा फोटो–भिडियो खिचिदिने व्यावसायिक फोटोग्राफरले समेत राम्रो आम्दानी गरिरहेका छन् ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कांग्रेस बैठकमा सरकारको आलोचना, बल्खुबाट ओलीको कटाक्ष
-
भक्तपुर क्यान्सर अस्पतालमा बालबालिकाका लागि वार्ड स्थापना
-
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो
-
‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’