प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट
शुक्रबार, ०२ जेठ २०८२, १७ : ०६

समाचार सारांश
- बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।
- भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल भयो, जसमा उच्च सरकारी अधिकारीहरुको उपस्थिति थियो।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका समाज कल्याणमन्त्री शर्मीन सोनेया मुर्सिदले आज शिष्टाचार भेट गरेकी छन् । नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादमा बंगलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएकी मुर्सिदले प्रधानमन्त्री निवास, बालुुलाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेकी हुन् ।
भेटका अवसरमा दुई देशबीच रहँदै आएको आपसी र मित्रवत सम्बन्ध र सहकार्यका विविध आयामबारे छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता
-
१२ बजे १२ समाचार: प्रदेश सांसद अख्तियारको नियन्त्रणमा, भारतीय विमान दुर्घटना