शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा

शुक्रबार, ०२ जेठ २०८२, २१ : ०३
शुक्रबार, ०२ जेठ २०८२

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोबाट शुक्रबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुरको बकैया गाउँपालिका ७ घर भई ललितपुरको चापागाउँ बस्दै आएका २५ वर्षीय गोरख बहादुर लोप्चनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

बागमती प्रदेश ०२-०३१ प ३०३१ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३५ प ८५१८ राखि चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिएको हो । 

झापाको भद्रपुर नगरपालिका ७ घर भएका रोहित अग्रवालको उक्त मोटरसाइकल  बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ जम्मुडाँडाबाट हराएको भन्दै प्रहरीमा उजुरी निवेदन दिएका थिए । 

नियन्त्रणमा लिइएका लोप्चनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप