ललितपुरको ठेचोबाट मोटरसाइकल चोरीमा संलग्न एक जना प्रहरी नियन्त्रणमा
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका १२ ठेचोबाट शुक्रबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुरको बकैया गाउँपालिका ७ घर भई ललितपुरको चापागाउँ बस्दै आएका २५ वर्षीय गोरख बहादुर लोप्चनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश ०२-०३१ प ३०३१ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३५ प ८५१८ राखि चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिएको हो ।
झापाको भद्रपुर नगरपालिका ७ घर भएका रोहित अग्रवालको उक्त मोटरसाइकल बिहीबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५ जम्मुडाँडाबाट हराएको भन्दै प्रहरीमा उजुरी निवेदन दिएका थिए ।
नियन्त्रणमा लिइएका लोप्चनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण