वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
शनिबार, ०३ जेठ २०८२, ११ : ५९
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपाल भ्रमणमा रहेका कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपनसम्बन्धी विशेष दूत बदर उमर स्माइल अल दफाले भेटवार्ता गरेका छन् ।
सगरमाथा संवाद स्थलमा आज भएको भेटमा उनीहरुबिच दुई देशबिचका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री शाहीले दुई देशबिच वन तथा वातावरण, प्रविधि हस्तान्तरण, प्रदूषण नियन्त्रण र नवप्रवर्तन क्षेत्रमा दीर्घकालीन रणनीतिक साझेदारी गर्न सकिने उल्लेख गरेका थिए ।
साथै नेपालले कतार सरकारलाई उपहारस्वरुप उपलब्ध गराइने भनिएको एक जोडी हात्ती प्रदान गर्नका लागि प्रक्रिया अघि बढाउन एक महिनाभित्र पत्राचार गरिने मन्त्री शाहीको भनाइ थियो । मन्त्री शाहीको प्रस्तावप्रति विशेष दूत दफाले आभार व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण