भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

समाचार सारांश
- सांसद वामदेव गौतमले भारतलाई शालिग्राम सित्तैमा दिएकोमा आपत्ति जनाएका छन् ।
- उनले शालिग्रामबाट हिरा बनाएर ठूलो आम्दानी लिन सकिने र चीनले फाइदा लिएको बताए।
- २०७९ माघमा सरकारले कालीगण्डकीको शालिग्राम भारतलाई दिएकोमा उनले असन्तुष्टि जनाएका हुन् ।
काठमाडौँ । सांसद वामदेव गौतमले नेपालले भारतलाई निःशुल्क शालिग्राम दिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार उनले राष्ट्रियसभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै उनले सित्तैमा शालिग्राम दिन नहुने तर्क गरे ।
‘नेपालमा शालिग्राम धेरै छ । जसलाई हिरा भन्छन् । तलबाट ताप र माथिबाट प्रेसर भएपछि कोइला र कोइलाबाट शालिग्राम बन्छ । र शालिग्रामबाट हिरा बनाएर ठुलो आम्दानी लिन सकिन्छ’ उनले भने, ‘चीनले यसबाट हिरा बनाएर फाइदा लिएको छ तर हामी फ्रीमा दिन्छौँ ।’
२०७९ माघ ११ गते सरकारले काली गण्डकी नदीको शालिग्राम भारतलाई दिइएको थियो । सो शालिग्राम नेपाली कांग्रेस र माओवादी नेतृत्वको सरकारले फ्रीमा भारतलाई दिइएको उनको तर्क थियो ।
‘२४ टन हिरा बजारमा बिक्री गर्ने हो भने कति हुन्छ ? शालिग्रामलाई कसरी हिरा बनाउने अध्ययन गर्नु छैन । शालिग्राम त्यसै दिनुहुन्छ त ।’
सोही क्रममा सभापति कमला पन्तले शालिग्राम कसरी बनाउन सकिन्छ भन्दै प्रश्न गरेकी थिइन् । जवाफमा उनले शालिग्राम बनाउन अध्ययन गरिनुपर्ने जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता