घरेलु मैदानमा स्तब्ध बन्यो ला लिगा च्याम्पियन
सारांश
- बार्सिलोना ला लिगामा भिल्लारियलसँग २-३ गोलले पराजित भयो, जसमा यामाल र लोपेजले गोल गरे।
- भिल्लारियलले जित हासिल गर्दै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गर्यो भने पेरेज र बुकाननले गोल गरे।
- बार्सिलोनाले यस सिजन २० खेलमा पहिलो गोल खाएको छ, तर युवा खेलाडी यामाल र फर्मिनले गोल गरे।
क्याम नाउ । लामिन यामाल र फर्मिन लोपेजको सुन्दर गोलहरूले हालैको ला लिगा च्याम्पियन बार्सिलोनालाई घरमै भिल्लारियलसँग पराजय भोग्नबाट जोगाउन सकेन।
टोली आइतबार भएको खेलमा २-३ गोलले पराजित भएको हो । पाहुना टोलीले यो जितसँगै शीर्ष पाँचमा स्थान सुरक्षित गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाएको छ।
खेलमा पूर्व न्युक्यासल र लेस्टर स्ट्राइकर आयोजे पेरेजले चौथो मिनेटमै निकोलस पेपेको क्रसलाई जालीमा छिराउँदै भिल्लारियललाई सुरुआती अग्रता दिलाए। यद्यपि, घरेलु टोलीले राम्रो प्रतिक्रिया दिदैँ पहिलो हाफको अन्त्यसम्ममा अग्रता लियो।
लिग र कप डबल जिते पनि बार्सिलोनाले यस सिजन सबै प्रतियोगितामा २० खेलहरूमा पहिलो गोल खाएको छ, जसमा ९ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ।
युवा खेलाडी यामालले सिजनको नवौँ लिग गोल गर्दै खेल बराबरी गरे भने पहिलो हाफको इन्जुरी टाइमको पाँचौं मिनेटमा फर्मिनले बार्सिलोनालाई अग्रता दिलाए ।
पहिलो हाफको धेरैजसो समयमा दबाबमा परे पनि भिल्लारियलले दोस्रो हाफको पाँचौँ मिनेटमै बराबरी गोल गर्यो । सान्टी कोमेसानाले येरेमी पिनोको सुन्दर थ्रु-बलमा दौडिएर बार्सिलोनाका गोलकिपर मार्क-आन्द्रे टेर स्टेगेनलाई छक्याउँदै बललाई पोस्टको भित्र पठाए।
छैटौँ स्थानमा रहेको रियल बेटिसभन्दा आठ अंकको अग्रता बनाउन जित आवश्यक रहेको स्थितिमा आगन्तुक टोलीले केही समय भाग्यलाई पनि साथ पायो, र अन्ततः वैकल्पिक खेलाडी ताजोन बुकाननले निर्णायक गोल गरे।
गत सिजनदेखि अहिलेसम्म बार्सिलोना (१४ गोल) र भिल्लारियल (१२ गोल) बिचको चार खेलमा २६ गोल भएका छन्, जुन ला लिगाको कुनै पनि अन्य प्रतिस्पर्धाभन्दा बढी हो। हान्सी फ्लिकको टोलीले बिहीबार प्रतिद्वन्द्वी एस्पान्योलमाथि २-० को जित हात पार्दै २८औँ लिग उपाधि जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण