नौ खेलाडीमा सीमित सेभियामाथि रियलको संघर्षपूर्ण जित
सारांश
- रियल म्याड्रिडले सेभियालाई २-० ले पराजित गर्यो, सेभियाका दुई खेलाडीले रातो कार्ड पाए।
- किलियन एम्बाप्पेले गोल गरे, जुड बेलिङ्ह्यामले गोल थपे, रियलले जित हासिल गर्यो।
- बार्सिलोनाले ला लिगा उपाधि जित्यो, जसले रियल म्याड्रिडको उपाधि रक्षाको आशा समाप्त पार्यो।
मड्रिड । कार्लो एन्चेलोट्टीको अन्तिम अवे खेलमा रियल म्याड्रिडले एस्टाडियो रमन सान्चेज पिज्जुआनमा नौ खेलाडीमा सीमित सेभियालाई आइतबार २-० ले पराजित गर्दै संघर्षपूर्ण जित हासिल गरेको छ।
खेलको शुरुवाती हाफमा सेभियाका लोइक बादे र दोस्रो हाफमा इसाक रोमेरो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । तर ती नौ खेलाडीले लामो समयसम्म रियललाई गोल गर्ने अवसरबाट वञ्चित गराएका थिए।
यद्यपि, ला लिगाका शीर्ष स्कोरर किलियन एम्बाप्पेले २९औँ लिग गोल गर्दै खेलको ७५औँ मिनेटमा डेडलक तोडे। उनले बक्स बाहिर पाएको स्थानबाट गरेको शक्तिशाली लो ड्राइभ प्रहारले सेभियाका गोलरक्षक ओरजान न्यालन्डलाई छक्यायो।
त्यसपछि, इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिङ्ह्यामले वैकल्पिक खेलाडी गोन्जालो गार्सियाको क्रसलाई हेडर जालीमा पठाउँदै खेललाई २-० मा समाप्त गरे।
रियल को लिग उपाधि बचाउने क्षीण आशा बार्सिलोनाले बिहीबार एस्पान्योलमाथि २-० को जित हात पार्दै समाप्त भएको थियो । बार्साले २८औँ लिग उपाधि जितेसँगै एन्चेलोट्टीलाई अन्तिम सिजनमा ठुलो उपाधिबाट वञ्चित गरेको छ।
सेभियाका लागि भने यो सिजन पुनः निराशाजनक रह्यो । उनीहरू फेरि एकपटक रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण