‘महाराजधिराज’मा दुई वर्षा, अरू को–को भए फाइनल ?
सोमबार, ०५ जेठ २०८२, ११ : १२
सारांश
- अभिनेत्री वर्षा राउत फिल्म 'महाराजधिराज' मा अनुबन्धित भएकी छिन्, जहाँ उनी मुख्य भूमिकामा देखिनेछिन्।
- यस फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह पहिले नै फाइनल भइसकेका छन् भने वर्षा सिवाकोटी पनि छिन्।
- परिच्छेद सेनको निर्देशन रहने यो फिल्म छत्रेश्वर म्यानेजमेन्ट प्रालिले निर्माण गर्नेछ, जसमा विराज विष्ट प्रस्तुतकर्ता छन्।
काठमाडौँ । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा राउत अनुबन्ध भएकी छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर उनी भित्रिएकी हुन् । फिल्ममा यसअघि नै वर्षा सिवाकोटी अनुबन्ध भइसकेकी छन् ।
फिल्मका लागि अहिलेसम्म आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह समेत फाइनल भैसकेका छन् । फिल्मका लागि अझै केही कलाकार अनुबन्धित गर्न बाँकी रहेको निर्माण युनिटले जनाएको छ ।
परिच्छेद सेनको निर्देशन रहने फिल्मको लेखन पनि उनी आफैले गरेका हुन् । सेनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।
छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण बनाएका थिए । जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण