सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

‘महाराजधिराज’मा दुई वर्षा, अरू को–को भए फाइनल ?

सोमबार, ०५ जेठ २०८२, ११ : १२
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • अभिनेत्री वर्षा राउत फिल्म 'महाराजधिराज' मा अनुबन्धित भएकी छिन्, जहाँ उनी मुख्य भूमिकामा देखिनेछिन्।
  • यस फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह पहिले नै फाइनल भइसकेका छन् भने वर्षा सिवाकोटी पनि छिन्।
  • परिच्छेद सेनको निर्देशन रहने यो फिल्म छत्रेश्वर म्यानेजमेन्ट प्रालिले निर्माण गर्नेछ, जसमा विराज विष्ट प्रस्तुतकर्ता छन्।

काठमाडौँ । फिल्म ‘महाराजधिराज’मा अभिनेत्री वर्षा राउत अनुबन्ध भएकी छन् । फिल्मको मुख्य भूमिकामा अभिनय रहने गरेर उनी भित्रिएकी हुन् । फिल्ममा यसअघि नै वर्षा सिवाकोटी अनुबन्ध भइसकेकी छन् ।

फिल्मका लागि अहिलेसम्म आर्यन सिग्देल, रमेश उप्रेती र पल शाह समेत फाइनल भैसकेका छन् । फिल्मका लागि अझै केही कलाकार अनुबन्धित गर्न बाँकी रहेको निर्माण युनिटले जनाएको छ । 

परिच्छेद सेनको निर्देशन रहने फिल्मको लेखन पनि उनी आफैले गरेका हुन् ।  सेनले यसअघि ‘प्रेमगञ्ज’ निर्देशन गरेका थिए ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण बनाएका थिए । जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।

फिल्मको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप