सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय
क्रिकेट

भारतले एसीसीको कुनै पनि प्रतियोगिता नखेल्ने, एसिया कपको भविष्य पनि अन्यौलमा

सोमबार, ०५ जेठ २०८२, १२ : ५९
सोमबार, ०५ जेठ २०८२

समाचार सारांश

  • भारत र पाकिस्तानबीचको राजनीतिक तनावका कारण बीसीसीआईले एसिया कपलगायत एसीसीद्वारा आयोजित प्रतियोगितामा भाग नलिने निर्णय गरेको छ।
  • बीसीसीआईले आगामी सेप्टेम्बरमा श्रीलंकामा हुने महिला इमर्जिङ टिम एसिया कपमा पनि टोली नपठाउने भएको हाे।
  • बीसीसीआईको याे निर्णयले यस वर्ष सेप्टेम्बरमा भारतमा आयोजना हुने पुरुष एसिया कपको भविष्यमाथि प्रश्नचिन्ह खडा गरेको छ।

काठमाडौँ । भारत र पाकिस्तानबिच देखिएको पछिल्लो राजनीतिक तनावको असर क्रिकेटमा पनि परेको छ । पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले एसियाली क्रिकेट काउन्सिल (एसीसी) द्वारा आयोजित कुनै पनि प्रतियोगिता नखेल्ने निर्णय गरेको छ ।

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा जनाइए अनुसार, बीसीसीआईले आगामी सेप्टेम्बरमा हुने पुरुष एसिया कपमा पनि सहभागिता नजनाउने निर्णय लिएको छ । आगामी महिना श्रीलंकामा आयोजना हुने महिला इमर्जिङ टिम एसिया कपमा पनि भारतीय टोली सहभागी हुने छैन । 

आफ्नो यो निर्णयको विषयमा बीसीसीआईले एसीसीलाई पनि जानकारी गराइसकेको दाबी समाचारमा गरिएको छ । हाल एसीसीको अध्यक्ष पाकिस्तानका मन्त्री मोहसिन नकवी हुन् । उनी पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष पनि हुन् । 

‘एसीसीले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भारतीय टोली सहभागी हुनेछैन । यो देशको भावनासँग जोडिएको विषय हो । यस विषयमा एसीसीलाई पनि जानकारी गराइसकिएको छ,’ बीसीसीआई स्रोतलाई उदृत गर्दै इन्डियन एक्सप्रेसले समाचार प्रकाशित गरेको छ । 
बीसीसीआईको यस्तो निर्णयपछि यसै वर्ष सेप्टेम्बरमा आयोजना हुने भनिएको पुरुष एसिया कपको भविष्य पनि अन्यौलमा परेको छ । पुरुष एसिया कप भारतमा आयोजना हुने तय भएको थियो । एसिया कप स्थगित हुनसक्ने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप