पोर्चुगलका लागि रोनाल्डोका छोराको पहिलो गोल, पिताकै शैलीमा खुसीयाली

काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक क्रिस्टियोनाले रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले पोर्चुगलको यू–१५ राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका छन् ।
क्रिस्टियानो रोनाल्डो जुनियरले क्रोएसियामा जारी भ्लाट्को मार्मोभिक अन्तर्राष्ट्रिय प्रतियोगितामा आयोजक राष्ट्रविरुद्ध गोल गरेका हुन् । उक्त खेलमा पोर्चुगलले क्रोएसियालाई ३–२ गोलले हरायो ।
१४ वर्षीय क्रिस्टियानो रोनाल्डो जुनियरले यही प्रतियोगिताको जापानविरुद्ध खेल्दैमार्फत पोर्चुगलको यू–१५ राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो ‘डेब्यू’ खेलमा भने गोल गर्न सकेनन् ।
यद्दपि, उक्त पोर्चुगलको यू–१५ टोलीले जापानको यू–१५ टोलीलाई ४–१ गोलले हराएको थियो । त्यसैले क्रिस्टियानो रोनाल्डो जुनियरको अन्तर्राष्ट्रिय ‘डेब्यू’ पनि सुखद बनेको थियो ।
जापानविरुद्धको आफ्नो ‘डेब्यू’ खेलमा उनी ५४औँ मिनेटमा मैदानभित्र प्रवेश गरेका थिए । करिब एक साताअघि क्रिस्टियानो रोनाल्डो जुनियरलाई पोर्चुगलको यू–१५ टोलीमा समावेश गरिएको थियो ।
क्रोएसियाविरुद्धको खेलको १३औँ मिनेटमा क्रिस्टियानो रोनाल्डो जुनियरले टोलीका लागि गोल गरेका थिए । उनी सात नम्बर जर्सी लगाएर मैदानमा खेर्लिएका थिए ।
खेलमा गोल गरेपछि उनले आफ्नो पिताकै शैलीमा खुसीयाली मनाएका थिए । उनले पहिलो हाफको खेल सकिनुभन्दा ठिकअघि टोलीका लागि दोस्रो गोल थपेका थिए ।
त्यसपछि निर्धारित समयको ५४औँ मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए । क्रिस्टियानो रोनाल्डो जुनियरको गोलपछि पोर्चुगल फुटबल महासंघले पनि खुसी ब्यक्त गरेको छ ।
‘पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डो जुनियरको पहिलो गोल । अनि पिताकै शैलीको खुसीयाली,’ महासंघले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भनेको छन् ।
उनका पिता ४० वर्षीय क्रिस्टियानो रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । सन् २००३ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेयता रोनाल्डोले एक सय ३६ गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपभोक्ता सुरक्षाको विषय पेचिलो बन्दै, सुरक्षामा सम्पूर्ण निकाय एकजुट हुनुपर्नेमा जोड
-
लागूऔषध सहित प्याराग्लाइडिङ, प्रहरीले गर्यो छड्के चेक
-
पशुपतिको बालुवा उत्खननमा ४६ करोड भ्रष्टाचार (पूर्णपाठ)
-
भत्केको पुलमाथि फोटो खिचाएर फर्कियो भौतिकमन्त्री दाहालको टोली
-
सरकारको १११ बुँदे नीति तथा कार्यक्रमको प्राथमिकता के हो ?
-
बालेनले ‘सरी केपी ओली’ भन्दै फेसबुकबाटै फर्काए जवाफ