समयानुकूल कानुन नहुँदा काम गर्न समस्या भयो: मुख्यमन्त्री लामा

समाचार सारांश
- मुख्यमन्त्री बहादुर सिंह लामाले कानुन समयानुकूल नहुँदा काम गर्न समस्या भएको बताए।
- उनले सरकारी उद्योगलाई नाफामा लैजान र रोजगारी सिर्जना गर्न प्रदेश सरकारलाई अधिकार दिनुपर्ने बताए।
- मुख्यमन्त्रीका अनुसार, सरकारले स्वास्थ्य र यातायात क्षेत्रमा प्रविधि प्रयोग गर्ने योजना बनाएको छ।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विभिन्न कानुनहरू प्रभावकारी र समयानुकूल नहुँदा काम गर्न समस्या भइरहेको बताएका छन् ।
प्रदेशसभाको सोमबार बसेको बैठकमा बोल्दै मुख्यमन्त्री लामाले यसबारेमा आवश्यक अध्ययन गरेर सरकारले नीति कार्यक्रम र कानुन निर्माण गर्नुपर्ने बताए ।
ठेक्का प्रक्रिया र खरिद ऐन समयानुकूल नहुँदा सरकारले सोचे अनुसार काम गर्न कठिन भएको उनको भनाइ छ । प्रदेशभित्र रहेका सरकारी उद्योगको अधिकार प्रदेशमा आएको खण्डमा २ वर्षभित्र नाफामा लान सक्ने अवस्था रहेको उनले बताए ।
‘चालु पुँजीका अभावमा धराशायी बनेका उद्योगलाई चलायमान गर्न प्रदेश सरकारलाई अधिकार दिन जरुरी रहेको छ । रोजगारी सृजना गर्दै नागरिकको आय स्तर सुधार गर्न उद्योग क्षेत्रको प्रभावकारी विकासमा सरकारले नतिगत सुधार गर्ने प्रयास थालेको छ,’ उनले भने, ‘अर्थतन्त्र सुधार गर्न उद्योग क्षेत्रमा लगानी आकर्षित गर्ने रणनीति तयार गर्नुपर्छ । सरकार आयआर्जन सुधार गर्ने गरी संरक्षण र उपभोगको नीतिमा अघि बढेको छ । वन क्षेत्रलाई परिचनालन गरी सरकारको आयआर्जन गर्ने गरी नीति कार्यक्रम बनाएको छ ।’
उनका अनुसार विकास निर्माणको कामलाई व्यवस्थित गर्न आइइइ र इआइए मार्फत काम गर्ने रणनीतिमा रहेको छ । अघिल्ला सरकारले ल्याएका योजनाहरूलाई व्यवस्थित गर्न सन्तुलित ढंगबाट अघि बढाउने काम भइरहेको उनको भनाइ छ ।
सरकारले स्वास्थ्य संस्थाको दर्ता नवीकरण लगायतका कार्य अनलाइनबाटै हुने गरी सिस्टम बनाएको उनले बताए । यातायात क्षेत्रलाई प्रविधि मात्र सेवा प्रवाह र राजस्व सङ्कलनमा वृद्धि गर्ने गरी सरकार अघि बढेको मुख्यमन्त्री लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागूऔषध सहित तीन जना पक्राउ
-
गगन थापाले भने, ‘कांग्रेसभित्र अहिले उकुसमुकुस छ’
-
सर्लाहीमा बसले म्याजिक भ्यानलाई ठक्कर दिँदा २२ वर्षीय युवतीको मृत्यु, ८ जना घाइते
-
शक्तिको दुरूपयोग गरेर कसैलाई जागिर खुवाएका छैनौँ : राधिका शाक्य
-
गभर्नरको रस्साकस्सीबिच मन्त्रिपरिषद् बैठक स्थगित
-
हत्या गरेर उखुबारीमा फाले, मृतकको चप्पल लगाएपछि खुल्यो घटना