सोमबार, ०५ जेठ २०८२
ताजा लोकप्रिय

दुध किसानलाई डीडीसीले मात्रै ८५ करोड तिर्न बाँकी, निजी डेरीको बक्यौताको छैन तथ्याङ्क

सोमबार, ०५ जेठ २०८२, १४ : ३२
सोमबार, ०५ जेठ २०८२

काठमाडौँ । दुध उत्पादक किसानलाई दुग्ध विकास संस्थानले मात्रै ८५ करोड रुपैयाँ तिर्न बाँकी छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वैशाख मसान्तसम्म सो बराबरको भुक्तानी बाँकी रहेको उल्लेख गरेका हुन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा विषयगत मन्त्रालयसँग प्रश्नोत्तर कार्यक्रममा सांसद प्रेम सुवालले कृषिमन्त्रीलाई ‘दुध उत्पादक किसानलाई ५ अर्ब तिर्न बाँकी भएको कुरा सत्य हो कि होइन ?’ भनेर सोधेका थिए ।

जवाफमा अधिकारीले दुग्ध विकास संस्थानबाट ८५ करोड भुक्तानी बाँकी रहेको र अन्य निजी क्षेत्रका डेरीबाट पनि भुक्तानी बाँकी रहे पनि यति नै भन्ने यकिन नभएको जवाफ दिएका थिए । 

‘पाँच अर्ब नै चाहिँ होइन, तर बक्यौता बाँकी छ । बाँकी भएपछि अलिकति धेरै भन्दा पनि आपत्ति भएन,’ मन्त्री अधिकारीले भने, ‘आज चाहिँ दुधको पैसा बाँकी छ भन्न नपर्ला भनेको, भन्नैपर्यो, तर हामी छिटोभन्दा छिटो भुक्तानी दिने प्रयासमा छौँ ।’

उनले अहिलेसम्म देश दुध, कुखुराको मासु र अण्डामा मात्रै आत्मनिर्भर भएको बताएका छन् । फलफूल तरकारी लगायतमा आत्मनिर्भर हुने सम्भावना रहे पनि अहिलेसम्म त्यस्तो अवस्था भइनसकेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप