दुध किसानलाई डीडीसीले मात्रै ८५ करोड तिर्न बाँकी, निजी डेरीको बक्यौताको छैन तथ्याङ्क
काठमाडौँ । दुध उत्पादक किसानलाई दुग्ध विकास संस्थानले मात्रै ८५ करोड रुपैयाँ तिर्न बाँकी छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वैशाख मसान्तसम्म सो बराबरको भुक्तानी बाँकी रहेको उल्लेख गरेका हुन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा विषयगत मन्त्रालयसँग प्रश्नोत्तर कार्यक्रममा सांसद प्रेम सुवालले कृषिमन्त्रीलाई ‘दुध उत्पादक किसानलाई ५ अर्ब तिर्न बाँकी भएको कुरा सत्य हो कि होइन ?’ भनेर सोधेका थिए ।
जवाफमा अधिकारीले दुग्ध विकास संस्थानबाट ८५ करोड भुक्तानी बाँकी रहेको र अन्य निजी क्षेत्रका डेरीबाट पनि भुक्तानी बाँकी रहे पनि यति नै भन्ने यकिन नभएको जवाफ दिएका थिए ।
‘पाँच अर्ब नै चाहिँ होइन, तर बक्यौता बाँकी छ । बाँकी भएपछि अलिकति धेरै भन्दा पनि आपत्ति भएन,’ मन्त्री अधिकारीले भने, ‘आज चाहिँ दुधको पैसा बाँकी छ भन्न नपर्ला भनेको, भन्नैपर्यो, तर हामी छिटोभन्दा छिटो भुक्तानी दिने प्रयासमा छौँ ।’
उनले अहिलेसम्म देश दुध, कुखुराको मासु र अण्डामा मात्रै आत्मनिर्भर भएको बताएका छन् । फलफूल तरकारी लगायतमा आत्मनिर्भर हुने सम्भावना रहे पनि अहिलेसम्म त्यस्तो अवस्था भइनसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण